नेपाली पत्रकारिताको निम्ति खासै उत्साहजनक रहेन । भूकम्पलगायतका प्रकृतिक विपत्ति, आन्दोलन र नाकाबन्दीको मार पत्रकार तथा सञ्चारमाध्यमहरुमा नराम्रोसँग पर्यो ।
२०१५ अप्रिल २५ र मे १२ (बैशाख १२ र २९ गते) गएका भूकम्पका कारण एक हजार आठ सय १३ जना पत्रकार र सञ्चार गृहहरु प्रभावित भए । गोरखापत्रमा आवद्ध पत्रकार सुमन भोम्जनको काठमाडौंमा र रेडियो प्लानेटमा आवद्ध कार्यक्रम प्रस्तोता सिर्जना लामाको सिन्धुपाल्चोकमा मृत्यु भयो भने भूकम्पमा परी घाइते भएका नेपालगञ्जबाट प्रकाशित दैनिक नेपालगञ्जको व्यवस्थापनमा आवद्ध अच्युतराज सुवेदीको उपचारका क्रममा मृत्यु भयो ।
भूकम्पबाटै ३५ जना पत्रकारले नजिकको आफन्त गुमाउनु पर्यो । त्यसैगरी १४ जना पत्रकार आफै घाइते भए भने २० जनाका आफन्त घाइते भए । भूकम्पले दुई सय ६६ सञ्चार गृहमा भौतिक क्षती पुर्यायो ।
एक हजार एक सय ५८ पत्रकारका घर पूर्णरुपमा नष्ट भयो भने धेरै पत्रकारको घरमा क्षति पुग्यो । सबैभन्दा बढी मध्यमाञ्चल क्षेत्रमा एक हजार ६ सय १८ पत्रकार तथा सञ्चार गृह प्रभावित रहे । यति ठूलो प्रभावका बावजुद पनि भूकम्पका बेला नेपाली सञ्चार जगतले देखाएको कौशलको सबैतिर प्रशंसा भयो ।
केही सानातिना घटना छोड्ने हो भने त्यो बेला नेपाली पत्रकार तथा सञ्चार संस्थाहरुले सन्तुलित र सौम्य रिपोर्टिङ गरी आमजनतालाई अझै बढी त्रसित हुनबाट जोगाए । जुनबेला केही विदेशी मिडियाले नेपालको भूकम्पलाई सनसनीखेज रुपमा प्रस्तुत गरेर आलोचनाका शिकार भइरहेको थिए, त्यस वेला नेपाली पत्रकारिता क्षेत्रले आफूलाई उदाहरणका रुपमा प्रस्तुत गर्यो । आफूमाथि परेको पीडालाई बिर्सँदै नेपाली पत्रकार तथा सञ्चार संस्थाहरुले आमजनतालाई सुसुचित गर्ने आफ्नो कर्तव्यलाई कुशलतापूर्वक निर्वाह गरे । त्यसबेला एकअर्काप्रति सहयोगको भावना र उद्धार तथा राहतकार्यमा नेपाली मिडिया क्षेत्रको सहभागीता प्रशंसायोग्य रह्यो ।
नेपाल पत्रकार महासंघले भूकम्प लगायत प्रभावित सवै जिल्लाको स्थलगत भ्रमण गर्नुका साथै पीडित पत्रकारको उद्धार र सक्दो राहत वितरण गर्यो ।
सन् २०१५ मा देशभर प्रेस स्वतन्त्रता उल्लंघनका एक सय ३६ घटना भए । जसमध्ये करिब ८५ प्रतिशत (एक सय १४ वटा) घटना पछिल्लो मधेश आन्दोलनका क्रममा मात्र भएका छन् । आन्दोलनका क्रममा दुवै पक्षबाट पत्रकारहरुमाथि आक्रमणका ३३ वटा घटना भए भने दुव्र्यवहारका २५ र धम्कीका ११ घटना भए । त्यसैगरी ४ वटा सञ्चार गृहमा भौतिक आक्रमण भयो ।
त्यसैगरी यो वर्ष ५ पत्रकारमाथि मानसिक यातनका घटना भए, १२ जनामाथि ज्यान लिने उद्देश्यले आक्रमण भए भने १३ जना आफ्नो पेशाबाट वञ्चित गरिए । यस वर्ष देशभर भएका प्रेस स्वतन्त्रता उल्लंघनका घटनाहरुलाई तालिकागत रुपमा निम्नअनुसार हेर्न सकिन्छ । त्यसैगरी काममा बाधा र पत्रपत्रिका वितरणमा बाधाका २२ वटा घटना पनि यो वर्ष नेपाली सञ्चार जगतले बेहोर्नु पर्यो ।- See more at: http://www.onlinekhabar.com/2016/01/369663/#sthash.WRNjKpGm.Q48HnsVc.dpuf
0 comments:
Post a Comment