टेक्सासमा घरबारविहीन र असहायलाई खाना खुवाइयो

Advertisement

वाशिंगटन डिसी । अमेरिकाको टेक्सासमा घरबारविहीन भएकाहरूलार्इ नेपालीकाे सकृयतामा बिभिन्न परिकार खुवाइएकाे छ । हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले टेक्सासको फोर्थ ओर्थमा रहेका झन्डै ४ सय असहाय, गरिब तथा घरबारविहीन पुरुष महिला तथा बालबालिकाहरुलाई त्रैमासिक रूपमा पूर्व घोषित कार्यक्रम अन्तर्गत बिभिन्न परिकारका खाना खुवाएको हो l
डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय नामक संस्थाको संस्थापक नेपाली मुलका देवी आचार्य हुन् । यही डिसेम्बर २६ तारिखमा आचार्यले गरेको याे मानवीय सेवाको आर्लिंगटन (डिडब्लुजी)शहरका नगर प्रमुख माइकल टेडरले प्रसंशा गरेका थिए l
अमेरिकाको धन्यवाद दिवस (थांक्स गिभिंग)मा भोजन गराउने योजना रहेता पनि भीषण वर्षाको कारण उक्त कार्यक्रम रद्ध भएको थियो l हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (नाजुक तथा असहायको लागि सहयोग अन्तर्राष्ट्रिय) भन्ने संस्थाले स्थापनाकालदेखि नै दु:खी, असाहय, मागेर जीविका चलाउने, बृद्ध तथा अशक्तलाई त्रैमासिक रुपमा खाना खुवाउँदै आएको छ l
संस्थाले यस्ता मानिसहरुका लागि स्वास्थ्य, शिक्षा र जिविको पार्जन गर्नेदेखि लिएर उनीहरूलाई सशक्तिकरण गर्ने काम पनि गरिरहेको छ । हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवारविहीन, भिखारी र आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत विशेष सहयोग प्रदान गर्दै आएको जानकारी संस्थापक देवी आचार्यले बताए l
यसैगरी उनीहरूको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराउँदै आएको छ l हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल) अमेरिकी सरकारको मुनाफारहित सामाजिक संस्थामा दर्ता भएको छ ।- See more at:
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment