संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मधेसी मोर्चाका नेता राजेन्द्र महतोले सस्तो लोकप्रियता कमाउन खोजेको आरोप लगाएका छन् ।
सदभावना पार्टीका अध्यक्ष महतो दिल्लीबाट फर्किएपछि वीरगञ्ज नाकामा बस्दै आएका थिए । गत शनिबार बिराटनगर रानी भन्सार नाकामा धर्ना दिने क्रममा प्रहरीसँग भएको झडपमा महतो घाइते भए । उनी अहिलेसम्म अस्पतालमै छन् ।
तर, मधेसी मोर्चाका नेता यादव भने वीरगञ्ज नाका महतोकै कारण अवरुद्ध भएको भन्नु गलत भएको बताउँछन् । ‘यो प्रचार नै गलत छ । सस्तो लोकप्रियताको मात्र कुरा हो’ जनकपुरबाट प्रशारण हुने स्थानीय ‘रेडियो मिथिलाञ्चल’लाई दिएको अन्तरवार्तामा यादवले भने- वीरगञ्जमा राजेन्द्र महतो जानुअघि पनि बन्द थियो । अहिले उनी छैनन्, तैपनि बन्द छ ।’
यादवले अघि भने- ‘वीरगञ्जमा ताकत संघीय समाजवादी फोरमको छ, यो सबैलाई थाहा छ ।’
संघीय समाजवादी फोरमका अध्यक्ष यादवले वीरगञ्ज नाका किन सहजै बन्द हुन्छ भन्ने पनि खुलाएका छन् । उनका अनुसार नेपाल भारत सीमामा रहेको मितेरी पुलसम्म नेपाली सुरक्षाकर्मीको पहुँच नभएकाले मात्र वीरगञ्ज नाका बन्द भएको हो । उनले भने, ‘पुलमा नेपालको पुलिसको पहुँच छैन, त्यसकारण केही भएको छैन, अरु नाकामा त भिडन्त भइरहेको छ ।’
बिराटनगरमा पनि आफ्नै पार्टी बलियो रहेको भन्दै उपेन्द्र यादवले महतो गएकाले बिराटनगरमा ठूलो झडप भयो भन्ने कसैले तपाई भनोस् नभनोस् मपाई भने जस्तो मात्र भएको बताए ।
‘महतोजी एक दिन जानु भो, त्यसकारण ठूलो झडप भयो भन्ने होइन’ यादवले भने, हाम्रो पार्टीकी नेतृ रेणु यादव जाँदा झडप भयो, म गएँ, झडप भयो । सबैभन्दा धेरै लडाइँ विराटनगर नाकामा भएको छ ।’
यद्यपि यादवले मोर्चाभित्र कुनै अन्तरसंघर्ष नभएको बताए ।
मधेसी मोर्चा हुँदाहुँदै अर्को किन चाहियो ?
जेपी गुप्ता-शरदसिंह भण्डारी नेतृत्वको संघीय समावेशी मधेसी गठवन्धनलाई मधेसी मोर्चामा किन सहभागी नगराएको भन्ने प्रश्नमा यादवले कुन गठवन्धनको कुरा गनुहुन्छ ? भन्दै प्रतिपश्न गरे ।
शरतसिंह भण्डारी, विजय गच्छदार, अनिल झा हिजो पनि मधेसी मोर्चामा रहेको र आफैँ छाडेर गएको यादवले बताए । ‘गच्छदार मधेसको घाँटी काटेर सरकारमा जाने मोर्चा छाडे’ उनले भने, अरु आफैं छाडेर गए । फर्कन चाहनुहुन्छ भने बोलाउनुस्, आजै भर्ती गरिदिन्छु ।’
मन्त्री बन्नका लागि मधेसको एकता तोड्नेदेखि मधेसी मोर्चाको जरुरी छैन भन्ने घोषणा गरेको भन्दै यादवले भने, मधेसी नेताहरु कार्यकर्तालाई नल्याएर घरमा काम गर्ने हाउस वाइफ (पत्नी) लाई, आफन्तलाई सांसद बनाउँछन् । त्यसैले मेरो भनाइ छ, हिजो गल्ती स्वीकार गरेर आउनुस् । फूलमाला लगाएर स्वागत गर्न तयार छु ।’
कांग्रेस अस्पष्ट, एमाओवादी पेण्डुलम !
फोरम अध्यक्ष यादवले कांग्रेस अस्पष्ट दिशाहीन पार्टी भएको बताए । ‘कांग्रेसको मधेसप्रति कुनै नीति छैन । कांग्रेस कम्युनिष्ट एकै हो’ उनले भने, एमाओवादी त पेण्डुलम, तपाईतिर गए तपाईकै, कांग्रेसतिर गए त्यताकै, एमालेसँग गए उसकै हुन्छ । सबैभन्दा पेण्डुलम एमाओवादी ।’- See more at: http://www.onlinekhabar.com/2015/12/369342/#sthash.MBCMGqWg.50B9FapB.dpuf
0 comments:
Post a Comment