


१४ पुस, भैरहवा । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको सरकार ढाल्न एमाले भित्र चलखेल सुरु भएको दाबी गरेका छन् ।
उनले नेपाली कांग्रेस सरकार बनाउने र ढाल्ने खेलमा नलागेको जिकीर गरे ।
तीखा भाषण गरेर मात्र केही नहुने भन्दै भूकम्पपीडितको पक्षमा काम गर्न उनले सरकारलाई सुझावसमेत दिए । ‘भूकम्प पीडितका लागि बस्ने ठाउँ छैन, खाना छैन, लगाउने कपडा छैन, त्यसैले धेरै प्राविधिक कुरा गरेर, धेरै बोलेर हुँदैन, तिखा-तिखा भाषण गरेर केही हुने वाला छैन,’ प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै सिटौलाले भने, ‘अहिलेको मुख्य आवश्यकता भने भूकम्प पीडितको ज्यान बचाउनु हो ।’
सिटौलाले संसदबाट पुनर्निर्माण प्राधिकरण सहजरुपमा पारित भएपनि प्राधिकरण र सरकारका अंगहरु क्रियाशिल हुन नसकेको टिप्पणी गरे । महामन्त्री सिटौलाले संविधान कार्यान्वनका लागि राजिनितिक रुपमा राष्ट्रिय एकता हुनुपर्ने बताए । उनले प्रदेशको सिमांकन परिवर्तन गर्न सम्बन्धित जिल्लावासीको सुझाव लिनुपर्ने धारणा राखे ।- See more at:



0 comments:
Post a Comment