उत्तेजक दृश्य देखि दर्शकले पनि नपत्याएका बिषयमा धेरै चलचित्र खेलेर राजेश हमालले यो क्षेत्र नै बिगारेको आरोप चलचित्रकर्मीले लगाउदै आएका छन् । तर, राजेश हमालले भने आफूले धेरै चलचित्र खेलेर गल्ती नगरेको भन्दै यस्तो कारण दिएका छन्, हेर्नुहोस् हमालको स्पष्टिकरण

Advertisement



नायक राजेश हमालमाथि एउटा आरोप लाग्ने गरेको छ । देशका सर्वाधिक चर्चित र दर्शकले पत्याएका नायक भएर पनि हमालले कथावस्तु रोज्ने काम गरेनन् । पैसाका लागि अफर आएका सबै चलचित्र खेलेर हमालले गल्ती गरेको आरोप चलचित्रकर्मीले लगाउने गरेका छन् । जस्तो कथामा बन्ने चलचित्र पनि खेलिदिने र आफ्नो स्टारडम ख्याल नराखेकै कारणले गर्दा हमालको क्रेज अहिले स्वात्तै घटेको भन्नेहरु पनि छन् ।

नायक राजेश हमालले साना, ठूला, राम्रा, नराम्रा केही पनि नहेरि सबै ब्यानरका सबै खालका चलचित्रमा काम गरे । उनले त चलचित्र ‘किन किन’मा मोडल अरुणिमा लामासँग सनसनीपूर्ण वेडसिन र उत्तेजक दृश्य पनि दिए । के धेरै चलचित्र खेलेर हमालले गल्ती गरेकै हुन् त, अनलाइनखबरसँग एक भेटमा उनले यो कुरा शतप्रतिशत स्विकार नगर्ने बताएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै हमालले भने-‘म यो कुरा शतप्रतिशत मान्दिन । अहिले बरु विभिन्न बिषयमा, विभिन्न टिमले फरक फरक सोच राखेर चलचित्र बनाउन थालेका छन् । अहिलेको समयमा बल्ल फरक प्रस्तुतीमा चलचित्र निर्माण हुन थालेका छन् । आजको परिस्थितीमा सायद कथावस्तु हेरेर चलचित्र छान्ने अवस्था छ ।’

हमालका अनुसार उनको समयमा एक आपसमा उस्तै बिषय भएका चलचित्र बन्ने गरेका थिए । उनले भने-‘कतिपय चलचित्र बन्दा बन्दै संझौता गरेर नराम्रो बनेका छन् । कतिपय चलचित्र छायांकनमा गएपछि केही राम्रो गरौ न त भनेर राम्रो पनि बनेका छन् ।’ आफ्नो पालामा चलचित्रको कथामा नितान्त फरक भन्ने नहुने हमालले तर्क सुनाए ।
उनका अनुसार सामाजिक परिवेशका उस्तै खालका कथामा चलचित्र बन्ने गरेका थिए । आफ्नो समयमा जतिसक्दो धेरै चलचित्र बनोस् भन्ने सोच रहेको पनि उनले बताएका छन् । चलचित्रकर्मी र दर्शकहरुको एक वर्गले लगाएको आरोपको खण्डन गर्दै हमालले भने-‘चलचित्र क्षेत्र नफस्टाई यसमा कलाकार, प्राविधिकको आकर्षण हुदैनथ्यो । यसैले, जतिसक्दो धेरै चलचित्र बनोस् भन्ने नै थियो ।’

हमालले धेरै व्यक्तिले आफूलाई नै लिएर चलचित्र बनाउन चाहेको दाबी गर्दै भने-‘सायद मैले नखेलिदिएको भए ती सबै चलचित्र बन्दैनथ्य होला ।’ अनलाइनखबरसँगको एक कुराकानीमा कलाकार निर्मल शर्माले हमालले धेरै चलचित्र र जस्तो पनि बिषय छानेर गल्ती गरेको आरोप लगाएका थिए । यस्तै, नायक भूवन केसीले पनि जस्तो पायो त्यस्तो असफल चलचित्र खेल्ने कसरी महानायक हुनसक्छन् भनेर घुमाउरो शैलीमा हमालको आलोचना गर्दै आएका छन् ।

हमालका अनुसार उनले धेरै चलचित्र खेल्नुको पछाडि चलचित्र क्षेत्रको विनास नभई विकास थियो । हमालको यो जवाफलाई चलचित्रकर्मीले कसरी लिने हुन्, प्रतिक्षा गरौ ।- See more
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment