Coming miracle drug, that bhagaidinecha aging and cauripana

Advertisement


सधै जवान भैरहने चाहना कसको पो हुँदैन र ? तर समयक्रमसँगै मानिस बालकबाट तन्नेरी र बुढो हुँदैजान्छ । तर कतिपय मानिस भने वंशाणुगत तथा अन्य विभिन्न खाले अस्वस्थताका कारण उमेर छँदै चाउरीन्छन् र बुढो देखिन्छन् । मानिसहरुले जवान देखिनका लागि विभिन्न खाले औषधि तथा उपचार पद्धति अपनाएका हुन्छन् । तर यस्ता उपचारले पनि उमेर छिप्पिएर हुने बुढ्यौलीलाई रोक्न भने सक्दैनन् । तर अब वैज्ञानिकहरुले यस्तो औषधि तयार पार्दैछन् जसले बुढ्यौलीको दरलाई कम गरिदिनेछ ।

वैज्ञानिकहरुका अनुसार यो औषधिले छिटो बुढो हुनबाट रोक्नेछ र मानिस १ सय वर्षको उमेरपछि पनि स्वस्थ भएर बाँच्न सक्नेछ ।

शोधकर्ताहरुले मधुमेहमा प्रयोग गरिने मेटफर्मिन वर्गको औषधिमा एन्टी एजिंग अर्थात् बुढ्यौली प्रतिरोधी गुण रहेको पत्ता लगाएका छन् । यो औषधिको प्रयोगले अन्य जनावरमा बुढ्यौलीको दर कम गरेको र आयुमा वृद्धि भएको परीक्षणबाट देखिएको भन्दै शोधकर्ताहरुले यहीँ वर्ष मानिसमा पनि परीक्षण गरिने जनाए ।

यदि यो प्रयोग सफल भएमा मानिस ७० वर्षको उमेरमा पनि अधवैँशे जस्तै हुन सक्नेछ । डाक्टरहरुलाई पनि क्यान्सर, मधुमेह जस्ता रोगको अलग अलग उपचार गर्नुपर्नेछैन ।

यो शोधका एक सदस्य रहेका स्क्टल्याण्डका प्राध्यापक गार्डन लिथगोका अनुसार यदि बुढ्यौली देखिने समस्याको उपचार हुन सकेमा वा बुढ्यौलीको दरलाई कम गर्न सकिएमा उमेर बढेसँगै देखिने कैयन् रोगहरुको आफसेआफ उपचार मिल्नेछ ।

यद्यपि बुढो हुन पूरै रोक्न भने सम्भव छैन र यसलाई केही लम्बाउने प्रयास मात्र वैज्ञानिकहरुको हो ।

शोधकर्ताहरुका अनुसार यस्तो एन्टी एजिंग औषधि बनाउनका लागि मेटफर्मिन सबैभन्दा उपयुक्त हुनेछ किनकी यो विश्वमा सबैभन्दा बढि प्रयोग हुने मधुमेहको औषधि हो । यसले कोषिकाहरुमा अक्सिजनको मात्रा बढाइदिन्छ ।

जब शोधकर्ताहरुले एक प्रकारको किरामा यो औषधिको प्रयोग गरे तब उनीहरुले पाए की त्यो किरामा बुढ्यौली निकै ढिलो मात्र आएन लामो समयसम्म त्यो स्वस्थ पनि रहन सक्यो । मुसामा गरिएको परीक्षणका क्रममा पनि त्यस्तो औषधि दिइएको मुसाको आयु अन्य मुसाको भन्दा ४० प्रतिशत बढि भएको पाइयो हड्डी पनि मजबुत थियो ।

उता मानिसको हकमा पनि यो औषधि सेवन गर्ने मधुमेहका रोगीहरु अन्य खाले औषधि सेवन गर्नेभन्दा लामो समयसम्म बाँच्ने गर्छन् ।

यो वर्षको केही महिनापछि अमेरिकामा यो औषधिको परीक्षण मानिसमा सुरु हुनेछ । यसका लागि ७०, ८० वर्षका मानिसहरु छनोट गरिँदैछ, जो क्यान्सर तथा मुटु लगायतका रोगबाट पीडित छन् । यो औषधिले उनीहरुमा सकारात्मक प्रभाव पार्ने र उनीहरुलाई स्वस्थ र तन्नेरीजस्तै बनाउन सहयोग गर्ने विश्वास शोधकर्ताहरुको छ ।- See more at: http://www.onlinekhabar.com/2015/12/369279/#sthash.QHbNTEwv.W9wMHlh7.dpuf
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment