प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार विहान टेलिफोन वार्ता भएको छ । विहान १०ः३५ बजेदेखि करिब २० मिनेट उनीहरुबीच टेलिफोन संवाद भएको हो ।

अंग्रेजी नयाँ बर्ष २०१६ को शुभकामना आदान प्रदानबाट शुरु भएको कुराकानीमा प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका मागलाई सम्वोधन गरेर नेपाल सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारतले स्वागत गरेकोमा समकक्षी मोदीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रधानमन्त्री ओलीले आपूर्ति व्यबस्था सहज नभएकोमा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै रक्सौल-बीरगन्ज नाकाबाट आपूर्ति व्यवस्था सहज बनाउन आग्रहसमेत गरेका थिए ।

जवाफमा प्रधानमन्त्री मोदीले आफू सदैब आपूर्ति व्यवस्था सहज होस् भन्ने पक्षमा रहेको र त्यसकालागि भारतको तर्फबाट कुनै रोकटोक नभएको बताएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

‘नेपाल र भारतबीचको सम्बन्धलाई सुमधुर बनाउनेबारे समेत उहाँहरुबीच कुराकानी भयो । प्रधानमन्त्री ओलीले आफूले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको भारतका प्रधानमन्त्रीलाई बताउनुभयो,’ प्रेस सल्लाहकार दाहालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘भारतका प्रधानमन्त्री मोदीले रक्सौल वीरगन्ज नाकाबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको भन्दै नेपालकै राजनीतिक दलहरुले उक्त नाकामा प्रदर्शन गरिरहेका कारण असहज भएको बताउनुभयो ।’

कुराकानीका क्रममा भारतीय प्रधानमन्त्री मोदीले औषपधको अभाव भएकाबेला आफूले विदेशमन्त्री सुष्मा स्वराजलाई एयरलिफ्ट गरेर भएपनि औषधि आपूर्ति गर्न भनेको स्मरण गरेका थिए ।

ओली र मोदीबीच द्विपक्षीय हितका बिषयमा समेत कुराकानी भएको थियो । प्रधानमन्त्री मोदीले छिट्टै भारत भ्रमण गर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्विकार गरेको र परिस्थितिलाई सहज बनाएर भारत भ्रमण गर्ने बताएको प्रेस सल्लाहकार दाहालले जानकारी दिए ।- See more at: http://www.onlinekhabar.com/2015/12/369423/#sthash.HIirLXIi.dpuf
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment