In 2015, several pictures and videos became viral. But, for the wrong reasons. These pictures bring out the fact that the journalist had also kharcinu much of their time.

Advertisement

वैशाख १२ मा आएको विनाशकारी भूकम्पपछि सामाजिक सञ्जालमा यो तस्वीर किनै भाइरल भयो । यो तस्वीर आफैंमा झटो होइन । तर, यसले धेरै मानिसहरुलाई भ्रममा भने राख्यो ।
यो तस्वीर शेयर गर्दै लेखिएको थियो, चार वर्षका भूकम्प पीडित बालक आफ्नो दुई वर्षकी बहिनालाई बचाउँदै ।’
वास्तवमा यो तस्वीर नेपालको होइन । २००७ मा भियतनामको एक गाउँमा खिचिएको तस्वीर थियो यो । यो तस्वीर खिच्ने फोटो ग्राफर ना सन नियेनले भनेका छन्-यो सबैभन्दा बढी शेयर भएको तस्वीर हो । तर, दुर्भाग्य गलत सन्दर्भमा ।’

२. नेपालको भन्दै सिरियाको भिडियो



वैशाख १२ को भूकम्पका क्रममा लिइएको भिडियो पनि निकै भाइरल भयो । भूकम्प आइरहेका बेला देखाउन यो भिडियो प्रयोग भयो ।

फेसबुकले समेत २०१५ को रिभ्यूका क्रममा नेपालमा आएको भूकम्प भन्दै त्यही भिडियो देखायो । तर, त्यो नेपालको भूकम्पको नभई सिरियामा चलिरहेको गृहयुद्धका क्रममा एक भवन कोल्याप्स हुँदै गर्दाको थियो ।

यस्तै सम्भवत २०१० मा मेक्सिकोमा आएको भूकम्पको बेलाको भिडियो पनि नेपालको भन्दै प्रयोग गरिएकामे थियो ।

३. प्रवासीको युरोप यात्रा



यो वर्ष सेनेगलबाट स्पेन जाँदै गएका एक प्रकासीको तस्वीर इन्स्ट्राग्राममा निकै शेयर भयो । डकारका अब्दु खियूफको सेल्फी इन्टरनेटमा निकै हिट भयो र हजारौंले उनलाई फलो समेत गरे ।

तर, पछि थाहा भयो कि यो त स्पेनमा चलिरहेको एक फोटोग्राफी प्रतियोगिताको मार्केटिङ अभियान पो रहेछ ।

४. आईएस लडाकूको रुपमा प्रवासी



युरोपमा जब प्रवासीको मुद्धा चर्किरहेको थियो, त्यही बेला गुमराहमा राख्न फेसबुकमा एक तस्वीर पोष्ट भयो । यो तस्वीर पोष्ट गर्दै एक व्यक्तिले लेखे, यो मानिस याद छ ? जो पछिल्लो वर्ष इस्लामिक स्टेटका लागि पोज दिइरहेका थिए, आज आप्रवासी छन् ।’

तस्वीरमा देखिएका व्यक्तिको पहिचान लस अल सालेहका रुपमा भएको छ । जो सिरियामा बशर अल असदविरुद्ध लडेको विद्रोही गुट फि्र सिरियन आर्मीका लडाकू थिए । उनी सिरियाबाट भागेर २०१५ अगष्टमा मेसेडोनिया पुगे । सत्य कुरा बाहिर आएपछि तस्वीर सार्वजनिक गर्ने व्यक्तिले माफी मागेका छन् ।

५. इगल्स अफ डेथ मेटलको कन्सर्ट



जब नोभेम्बरमा फेरिस आक्रमणको खबर विश्वलाई स्तब्ध पारिरहेको थियो, त्यहि बेला मानिसहरुलाई झुक्याउन तस्वीर फैलाइयो ।

यो तस्वीर पेरिस आक्रमणको केहीबेर अघिको भनियो । तर, वास्तवमा यो डब्लिनको ओलन्पिया थिएटरमा ब्याण्डको प्रस्तुतीको थियो । जसलाई एक दिन अघि मात्र उक्त ब्याण्डले फेसबुकमा सार्वजनिक गरेको थियो ।

६. पेरिसको सुनसान सडक



आक्रमणपछि पेरिसको खाली सडक देखाइएको यो तस्वीरलाई पनि हजारौं मानिसले रिट्वीट गरे । तर, यो तस्वीर एक फोटोग्राफी प्रोजेक्ट साइलेन्ट वल्र्डबाट लिइएको थियो, जसमा फोटोग्राफीको प्रयोग गरेर विश्वको अन्त्यको समयको कल्पना गरिएको थियो ।

७. एक पतिको बदलाभाव



सम्वन्ध विच्छेद भएपछि जर्मन पतीले आफ्नो सबै बस्तुहरु आधा पारेर लिलामीका लागि इबेमा राखेका थिए । जुन पीडादायक कथा विश्वभर छायो । सञ्चार माध्यमहरुले पनि यो समाचार बनाए ।

इबेमा लिलामी सहि थियो । तर, कहानी झुटो । यो कुनै सम्वन्ध विच्छेदमा परेका पतीले बदलाभाव देखाउन नभई जर्मन बार एसोसिएसनले प्रचारका लागि यस्तो गरेको थियो ।- See more at: http://www.onlinekhabar.com/2015/12/368290/#sthash.vXpCnyGe.CKWZzelr.dpufa
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment