That the blockade is getting motarasaisakalama three. Do not do that now, or police action options.

Advertisement

नाकाबन्दी छ भनेर मोटरसाइसकलमा तीन जना चढ्दै हुनुहुन्छ । अब त्यसो नगर्नुस्, नत्र प्रहरी कारबाहीमा पर्नुहोला ।
ट्राफिक प्रहरीले आइतबारदेखि काठमाडौं उपत्यकामा तीन जना चढेको मोटरसाइकल र स्कुटरलाई कारवाही गर्न सुरु गरेको छ ।
पछिल्लो दिनमा सडकमा मोटरसाइकलको चाप बढेको र दुर्घटनाको जोखिम पनि बढेको भन्दै ट्रापिक प्रहरीले फेरि ३ जना बोक्न निषेध गरेको ट्रापिक प्रहरी प्रवक्ता पोषराज पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।
३ जना बोक्ने मोटरसाइकललाई प्रहरीले २ सय रुपैयाँ जरिवाना तिराउनेछ । ‘मंसिर १५ गतेदेखि नै ३ जना बोक्ने बाइकलाई रोकेर सचेत गराउन थालेका थियौं । जोखिम बढ्दै गएकाले आजदेखि त्यस्तालाई जरिवनाको चिट पनि काट्न थालेका हौं’ ट्रापिक प्रहरी प्रवक्ता पोखरेलले भने ।
छतमा यात्रु चढाउने साना बस र माइक्रोमा पनि निगरानी बढाइएको ट्रापिक प्रहरीले जनाएको छ । ‘ठूला बसमा तत्काल छतमा यात्रु नराख्नु भन्न सम्भव छैन । तर, साना बसमा सकेसम्म छतमा यात्रु नराख्नका लागि भनेका छौं । यात्रुको जीवन रक्षाकै लागि निगरानी बढाइएको हो ।’ पोखरेलले भने-‘अत्याधिक यात्रु राखेर बसको छतमा यात्र गराउन नदिने नीति कायमै छ ।’
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment