नेपाली फुटबलमा रहेको ‘म्याच फिक्सिङ’ अर्थात खेल मिलेमतोको जालो पत्ता लगाउने नेपाल प्रहरीका एसएसपी सर्वेन्द्र खनाल आज निकै खुसी छन् । उनी खुसी यसअर्थमा छन की नेपालले गुमाएको आफ्नो स्वाभिमान जोगाउन सफल भएको छ । उनी भन्छन्– ‘आजको जित नेपाली स्वाभिमानको जित हो । देशको स्वाभिमान पनि जितसँगै चौडा भएको छ ।’ दक्षिण एसियाली फुटबल (साग)मा नेपालले भारतलाई उसकै घरेलु मैदानमा हराएपछि एसएसपी सर्वेन्द्रलाई देश विदेशबाट बधाई दिनेको ओइरो लागेको छ । उनले भने– ‘स्वदेशका विभिन्न क्षेत्रका मानिसहरु, अमेरिका र बेलायतबाट धेरै फोन र एसएमएस गरेर बधाई तथा धन्यवाद दिएका छन् । यो हामी सबै नेपालीको जित हो ।’ उनले पत्ता लगाएको ‘म्याच फिक्सिङ’को जालोआजको जितबाट थप प्रष्ट पारिदिएको छ । यसबारे उनी भन्छन्- मेरो मिसन सफल भएको छ । देशको स्वाभिमान बेचेर खेल हार्ने खेलाडीलाई अब आत्मग्लानी भइरहेको होला । खेलाडीले चाहे, मिहनेत गरे के हुँदैन रैछ भन्ने कुराको पनि पुष्टि भएको छ ।’ म्याच फिक्सिङ जालो पत्ता लगाउँदै एसएसपी खनालले केही महिना अगाडि राष्ट्रिय टोलीका कप्तानसहित सागर थापासहितका ५ जना खेलाडीलाई पक्रेर हिरासतमा राखेका थिए ।- See more at:
Nepal win 'Tan' to find out if SSP? - See more at:

0 comments:
Post a Comment