महिनाबारीको बेलामा हुने सम्भोगका केही रोचक तथ्य

Advertisement

सांस्कृतिक, धार्मिक वा सामाजिक कारणले पनि धेरै महिला र पुरुष महिनाबारीको बेला सम्भोग गर्न उतिसारो रहर गर्दैनन् । हिन्दु धर्मशास्त्रमा त सम्भोगको बेला नारी अछुत हुने र त्यस्तो बेला स्त्रीसाग समागम गर्ने पुरुष नर्कमा जाने उल्लेख छ । त्यसैले पनि रजश्वला भएकी स्त्री आफैपनि सम्भोगका लागि तयार हुदिनन् । र मानिसमा रजश्वलाका बेला सम्भोग गर्दा स्वास्थ्यलाई असर गर्ने समेत धारणा छ । तर चिकित्सा शास्त्रले महिनाबारीका बेलाको सम्भोगलाई सामान्य मान्दछ ।महिनाबारीको बेलामा हुने सम्भोगका केही रोचक तथ्य यसप्रकार छन् :


१. महिनाबारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । तरपनि महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनाबारी हुने महिलामा गर्भ रहन पनि सक्छ ।

२. महिनाबारी हुदा बग्ने रगत खराब रगत हो भन्ने धारणा गलत छ । यस्तो रगत अरु सामान्य रगत जस्तै हुन्छ । महिनाबारीको बेला बगेको रगतको सम्पर्कमा आउदा कुनै हानी हुँदैन । तर यदि महिलामा यौन रोग भएको भए महिनाबारीको बेला बग्ने रगतबाट यौनरोग सर्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले यौन सम्पर्कको बेला सावधानी अपनाउनु आवश्यक हुन्छ ।

३. यदि महिला वा पुरुषमध्ये एकजना एच आइ भी संक्रमित भएमा मात्रै सम्भोगका बेला एड्स सर्छ । तर रजश्वला भएकी स्वस्थ महिलासाग यौन सम्पर्क गर्दा एड्स लाग्छ भन्ने मान्यता पूर्णत गलत हो ।

४. महिनाबारीका बेला बगेको रगत लिंगमा लागेपनि त्यसले कुनै असर गर्दैन यदि यौन सम्पर्कपछि राम्ररी सफा गरियो भने ।

५. महिनाबारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता पनि गलत हो । महिनाबारीका बेला पाठेघरको मुख खुला हुने र लिंग पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम धारणा छ तर त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट छिर्ने सम्भावना हुदैन ।

६. महिनाबारीका बेला गरिने सम्भोग पाप होइन, यो सामान्य प्राकृतिक प्रक्रिया हो । त्यसैले यस्तो बेला सम्भोग गर्दा निरास हुनु आवश्यक छैन ।

७. महिनाबारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिटै रोकिन्छ । यसो हुनुको कारण लिंगले बाहिर निस्केको रगतलाई पाठेघरभित्रै कोचेर हो भन्ने धारणा छ । तर त्यसो होइन, सम्भोगका बेला पाठेघर खुम्चिन्छ, जसका कारण एकैचोटीमा धेरै रगत बाहिर निस्कन्छ र लामो समयसम्म रगत बग्दैन ।

८. रजस्वलाका बेला यौन सम्पर्क गर्ने महिलामा दुखाइ कम हुन्छ । यसका धेरै कारण हुनसक्छन्, पहिलो चरमोत्कर्षका बेला सरिरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ र दोश्रो दुखाइ महसुस गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले त्यसपछि तल्लो पेट दुख्न कम हुन्छ ।

९. रजस्वला भएका बेला मुखमैथुन गर्दा पनि कुनै फरक पर्दैन तर त्यसको लागि दाँत जोगाउने साधन-डेन्टल डाम) लगाउनुपर्छ ।

१०. रजस्वला भएको बेला यौन सम्पर्क गर्दा ट्याम्पन निकाल्न नबिर्सनुहोस् । नत्र त्यो योनीभित्रै छिरेर हानी पूराउने खतरा रहन्छ

- See more at
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment