मगंलबार 'युथ एक्सन नेपाल'ले तेश्रो लिङ्गीको विषयमा आयोजना गरेको कार्यक्रममा 'ब्लु डायमण्ड सोसाइटी'मा समेत आबद्ध श्रेष्ठले तेश्रोलिङ्गीप्रति हेरिने दृष्टीकोणका विषयमा चर्चा गरेकी थिइन् ।
तेश्रोलिङ्गी भएकै कारण हरेक दिन घरपरिवार, टोल छिमेक, सडकपेटीदेखी काम गर्ने कार्यालयबाट समेत तिरस्कृत हुन परेको उनले दुखेसो गरेकी छन् ।
स्वभाव र भावना फरक हुदैमा तेश्रोलिङ्गीप्रति विभेद गर्ने अधिकार समाजलाई नभएको आयोजक सस्थाकी भावना भट्टले बताएकी छन् । नेपालमा करिब ५ लाख समलिङ्गी एवं तेश्रोलिङ्गी लगायतको सख्या रहेको कार्यक्रममा बताइएको थियो ।
0 comments:
Post a Comment