Love Festival gulavasamgai badepachi condom clash

Advertisement

काठमाडौं, २ फागुन । प्रेम दिवसको अवसर पारेर गुलावसँगै कण्डम वितरण गरेपछि राजधानीमा झडप भएको छ । काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्नराज्यलक्ष्मी क्याम्पसमा प्रेम दिवसका अवसरमा आयोजित कार्यक्रममा गुलावसँगै कण्डम बाडेपछि विद्यार्थीहरुबीच झडप भएको हो ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा कार्यरत डा. सुशील कोइरालाले एड्सबारे जनचेतना जगाउने उद्देश्यले उक्त कार्यक्रममा कण्डम वितरण गरेका थिए । उनी केही वर्षयता गुलाबको फुल वितरण गरेर युवाहरुलाई भ्यालेन्टाइन डे मनाउन प्रेरित गर्दै एड्सबारे जनचेतना जगाउन सक्रिय छन् । गुलाबको फुलसँगै कण्डम समेत वितरण गरिएको भन्दै केही विद्यार्थीहरुले विरोध गरेपछि आयोजकसँग झडप भएको हो ।
केही विद्यार्थीले कण्डम वितरण गरिएको विषयमा आपत्ति जनाएपछि डा. कोइराला कार्यक्रमबाट भागेका छन् । उनलाई क्याम्पसका स्ववियु सभापति राजकुमार राईले विद्यार्थीको कुटाई खानबाट जोगाएर भगाएका हुन् ।
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment