Now this can be saved, see dead people ... Click below to see ..... this wonderful news.

Advertisement


बचाउन सम्भव छ?
मोटरसाइकल सयरमा निस्किएका अमेरिकी राज्य फिलाडेल्पि्कयाका ३५ वर्षीय वित्तीय विश्लेषक जाच कोनरार्डको बाटैमा 'मृत्यु' भयो। जुन ३, २०१२ आइतवार बिहान उनी बाइक राइडमा निस्किएका थिए। हरेक आइतवार उनी यसरी नै घुम्न निस्कन्थे।
त्यो दिन बाइक कुदाउँदै गर्दा उनलाई कताकता असहज महसुस भएजस्तो भयो। उनले सडकछेउ बाइक रोके, हेल्मेट फुकाले, भुइँमा अढेस लागेर बिस्तारै पल्टिए। लगत्तै उनको मुटु चल्न बन्द भयो। श्वासप्रश्वास रोकियो। उनलाई 'कार्डिक एरेस्ट (मुटुको धड्कन बन्द हुनु)' ले अचानक हमला गरेको रहेछ।

अमेरिकामा मात्रै हरेक वर्ष तीन लाख मानिसलाई 'कार्डिक एरेस्ट' हुने गर्छ। त्यसमध्ये अधिकांशको मृत्यु हुन्छ। अस्पताल पुर्यालइएकामध्ये ८५–९० प्रतिशतको शव अस्पतालबाहिर निस्किने गर्छ। तर, कोनरार्ड भाग्यमानी साबित भए।

फिलाडेल्पि्कयाका अस्पतालमा 'मृतक'हरूलाई बौराउने नयाँ प्रविधि र उपचार विधिको अभ्यास हुने गरेको छ। फिलाडेल्पि्कयास्थित युनिभर्सिटी अफ पेन्सिलभानियाको एउटा सुविधासम्पन्न अस्पतालमा उनलाई पुर्यााइयो। डाक्टरले उनीमाथि २४ घण्टासम्म लामो 'कुलिङ टि्रटमेन्ट' गरे। यो विधिअन्तर्गत बिरामीको शरीरमा 'इन्फ्लामेसन' घटाउने र 'मेटाबोलिजम'को तीव्रता कम गर्ने गरिन्छ। यी दुई काम गर्न सकियो भने शरीर बौरिन सक्छ।

यो चरणको उपचार सफल साबित भयो। केही दिनका लागि कोनरार्ड कोमामा पुगे। त्यस अवधिमा उनीमाथि 'पोस्ट एरेस्ट' उपचार गरियो। यो चरणको उपचारअन्तर्गत उनको शरीरको रक्तचापलाई नियन्त्रित गर्ने, 'कार्डिक क्याथेटिराइजेसन' विधि अपनाउने र 'भेन्टिलेसन'मा राख्ने काम भयो। केही दिनपछि उनको होश आयो। उनी जिउँदै घर फर्किए। यदि अन्त कतै उनलाई त्यसरी 'कार्डिक एरेस्ट'ले गाँज्थ्यो भने उनको मुटुको धड्कन जाँचेर उनलाई मृत घोषणा गरिन्थ्यो।

०००

'भर्खरै मरेको मानिसको दिमाग पूर्वअवस्थामा आउनै नसक्नेगरी ड्यामेज भइसकेको हुँदैन,' चिकित्सक साम पर्निया भन्छन्, 'पूर्ण रूपले मृत अवस्थामा पुग्न मानिसको दिमाग मरिसकेको हुनुपर्छ।' उन्नत प्रविधि र निरन्तर संशोधन हुँदै गएको चिकित्सा ज्ञानले मरिसकेको भनिएको व्यक्तिलाई बौराउने क्षमता विकास हुँदै गएको छ।

व्यक्तिको मृत्यु हठात हुँदैन। क्रमशः हुँदै जान्छ। मुटु धड्किन छोडे पनि शरीर घण्टौँसम्म बाँचिरहेको हुन्छ। मृत्यु भएको कैयौँ दिनसम्म पनि शरीरका कतिपय अंग बाँचिरहेका हुन्छन्।

मृत्यु भनेको स्विच थिच्दा बत्ती झ्याप्प निभेजस्तो तत्काल हुने कुरा होइन। तर, संसारभरि जारी गरिने ९५ प्रतिशत मृत्यु प्रमाणपत्रमा मुटुको धड्कन रोकिएको क्षणलाई मृत्यु भएको क्षणका रूपमा स्वीकार गर्ने गरिन्छ। धड्कन रोकिसकेपछि व्यक्तिलाई पुनः जीवित गराउने जमर्को कतै गरिँदैन। त्यस्तो व्यक्तिको चोला उठेको निष्कर्ष निकाल्दै अन्तिम संस्कारको तयारी गरिन्छ।

सन् १९६० को दशकमा अनुसन्धानकर्ताहरूले मुटुको धड्कन बन्द हुँदैमा व्यक्तिको मृत्यु हुन्छ भन्ने मान्यतालाई चुनौती दिएका थिए। छाती थिच्ने (क्लोज चेस्ट कम्प्रेसन्स) र मुखमा मुख जोडेर श्वास दिने विधि अपनाएमा व्यक्ति बौरिने सम्भावना रहने तथ्य त्यतिबेला नै पत्ता लागेको थियो। यति गर्दा मुटु चल्यो र रक्तसञ्चार भयो भने पनि दिमाग ड्यामेज हुँदै जान्छ र व्यक्ति जिउँदो मुर्दाजस्तेा प्रतिक्रियाविहीन अवस्था (भेजिटेटिभ)मा पुग्ने डाक्टरहरूको आँकलन छ। मुटु धड्किन छोडेको २० देखि ३० मिनेटमा पनि व्यक्तिलाई बौराउन सकिएन भने आश मार्नुपर्ने मान्यता डाक्टरहरूले राख्ने गरेका छन्। तर, २० मिनेटको यो अवधि भरपर्दो अनुसन्धानबाट प्रमाणित भएको भने होइन। यो अनुभवसिद्ध अनुमानमात्र हो।

०००

मुटु चल्न छोडेको घण्टौँसम्म पनि शरीर पूर्ण रूपमा मरिनसकेको उदाहरण पनि छन्। सन् २०११ मा जापानमा यस्तै भएको थियो।

जापानकी एउटी युवती आत्महत्या गर्न भनेर जंगल पसिन् र ओभरडोज औषधि सेवन गरिन्। केही घण्टापछि जंगलको बाटो हुँदै हिँडेका बटुवाले उनलाई अचेत फेला पारे। आपत्कालीन उद्धारमा खटिएका अधिकारी घटनास्थलमा आउँदा उनको शरीरको तापक्रम २० डिग्री सेल्सियस थियो। उनको नाडीमा कम्पन थिएन। न त उनी श्वास फेरिरहेकी थिइन्। उनको मुटु सक्रिय गराउने प्रयास गरियो। तर, सकिएन।

यति हुँदाहुँदै पनि उनलाई मुर्दाघर नपठाई सुविधासम्पन्न अस्पताल पठाइयो, जहाँ इसीएमओ मेसिनमा राखेर उनालाई जीवित बनाउने प्रयत्न भयो। यस्तो मेसिनमा कृत्रिम मुटु र फोक्सो जडान गरिएको हुन्छ, जसमार्फत शरीरमा रक्तसञ्चार सुचारु गरेर व्यक्तिलाई बौराउने गरिन्छ।

घण्टौँको अनवरत प्रयासपछि उनको मुटुको सूक्ष्म कम्पन सुरु भयो। मृत्यु भएर ढलेकी उनी 'मरिसकेकी' थिइन्। तर, जंगलको चिस्यानका कारण उनको शरीरका कोषिका काम नलाग्नेगरी मरिसकेका थिएनन्। जंगलबाहिर उनले आत्महत्या प्रयास गरेकी भए त्यहाँको तापले गर्दा उनको शरीरका कोषिकाको पनि मृत्यु भइसकेको हुने थियो र उनलाई बौराउन सकिँदैन थियो।

जंगलमा चार घण्टासम्म कसैले नदेख्नेगरी उनको शरीर जमिनमा ढल्यो। यात्रुहरूले देखेपछि उनलाई एम्बुलेन्समा राखेर अस्पताल ल्याउँदा र उनको मुटु धड्किन सुरु गर्दा उनले ओभरडोज औषधि सेवन गरेको आठ घण्टा बितिसकेको थियो। चिसोले गर्दा उनको शरीरका कोषिका पूरै बिग्रिसकेका थिएनन्।

तीन सातापछि अस्पतालले उनलाई डिस्चार्ज गरिदियो। नयाँ जीवन पाएपछि उनले बिहे गरिन्। हालसालै उनी आमा भएकी छिन्। उनको दाम्पत्य जीवन लोभलाग्दो किसिमको राम्रो छ।

०००

'इरेजिङ डेथ' किताबका सहलेखक चिकित्सक साम परिना भन्छन्, 'शत्रुलाई जित्नु छ भने उसलाई राम्रोसँग चिन्न सक्नुपर्छ। मृतप्रायः व्यक्तिलाई बौराउनु छ भने सबैभन्दा पहिले उसको मुटुलाई सुचारु गर्नुपर्छ। यसका लागि प्रविधि र सीप उपलब्ध छन्। यस काममा इसीएमओ मेसिन ज्यादै उपयोगी सिद्ध हुनसक्छ।'

मुटुमा कम्पन पुनः सुरु नभएसम्म यस्तो मेसिनले मृतप्रायः व्यक्तिको शरीरको सिस्टम चलाउने उनी बताउँछन्। यसले बिरामीको शरीरबाट रगत हटाइदिने र अक्सिजनयुक्त रगत शरीरमा हालिदिने उनी बताउँछन्। दक्षिण कोरिया र जापानमा यस्तो मिसिनबाट ९० प्रतिशत केसमा र अमेरिका तथा युरोपमा ५० प्रतिशत केसमा चल्न छोडेको मुटुमा पुनः कम्पन ल्याउन सम्भव भएको तथ्यांक छ।

बिरामीको मुटुमा कम्पन ल्याउन सकिँदैमा यसलाई पूर्ण सफलता मान्नु भने हुँदैन। सँगसँगै शरीररलाई चिसो र शान्त अवस्थामा राख्नुपर्छ। यसो गर्दा शरीरका कोष तथा कोषिकाहरू ड्यामेज भएर कामै नलाग्ने हुन पाउँदैनन्। यस्तै खालको विधि कोनरार्डलाई पुनःजीवन दिँदा प्रयोग गरिएको थियो। शरीरको तापक्रम घटाउँदा मुटुलगायत शरीरका महŒवपूर्ण अंग सुनिने, थप मर्ने आदि गति रोकिन्छ। यस्तो विधिबाट उपचार गरिएका छमध्ये एउटा केसमा सफलता हात पर्ने गरेको एउटा अध्ययनले देखाएको छ।

माथि उल्लेख गरिएका सबै विधिलाई एकसाथ प्रयोग गर्ने हो भने बिरामीलाई नयाँ जीवन दिनसकिने सम्भावना २५ प्रतिशतसम्म हुने नर्वेमा गरिएको एउटा अध्ययनले देखाएको छ। यसरी नयाँ जीवन पाएकामध्ये ९० प्रतिशत व्यक्तिमा दूरगामी खालका नसा रोग तथा अन्य खाले शारीरिक 'साइड इफेक्ट' देखिएका छन्।

०००

व्यक्तिलाई बौराउने विधि चिकित्सा क्षेत्रमा नौलो हो। यो विधिका आफ्नै अप्ठ्यारा छन्। जस्तो कि, कुन खालको बिरामीलाई यो विधिअन्तर्गत कति अवधिसम्म सघन उपचारमा राख्ने भन्ने कुराको विज्ञानसम्मत 'गाइडलाइन' अहिलेसम्म बन्न सकेको छैन। डाक्टरहरूले तजबिजका आधारमा काम गरिरहेका छन्।

सन् २०१२ मा अमेरिकामा यसबारे अनुसन्धान गरिएको थियो, जहाँ मुटु चल्न छोडेका व्यक्तिलाई बौराउन प्रयास गरिएका ६४ हजार केसबारे अध्ययन गरिएको थियो। प्रायः सबै केसमा डाक्टरहरूले २० मिनेटसम्म मात्रै 'मृतक'लाई बौराउने प्रयास गरेका थिए। त्यतिबेरसम्म 'मृतक'को शरीरले प्रतिक्रिया जनाएन भने माया मारिदिने गरिएको थियो।

मुटु धड्किन बन्द भएपछि बौरिएकामध्ये अधिकांश १६ मिनेटको प्रयासपछि मृत्युको मुखबाट बाहिर आएका थिए। २५ मिनेटको प्रयासपछि नयाँ जीवन पाउने केही व्यक्ति पनि अध्ययन क्रममा फेला परेका थिए। बौराउन प्रयोग गरिने प्रविधि र विज्ञानसम्मत तरिका पत्ता लगाउन अहिले अनुसन्धानकर्ताहरू सक्रिय छन्।

०००

मृत्युबाट बौराएपछि प्राथमिकताका साथ गर्नुपर्ने अर्को काम हो– 'रिकभरी प्रोसेस'लाई सुचारु गर्नु। बौराउन र त्यसपछिको अवस्थालाई सुचारु राख्न डाक्टरहरूले अहिले हाइपोथर्मिया (शरीर चिस्याउने विधि)को सन्तुलित प्रयोग गरिरहेका छन्। फिलाडेल्पि्कयाका कोनरार्डलाई पनि २४ घण्टासम्म यही विधिअन्तर्गत बौराउने काम भएको थियो। तर, यो उपचार विधिलाई कति समयसम्म जारी राख्नुपर्छ भन्ने चाहिँ अझै निर्क्योल हुन सकेको छैन।

अनुसन्धानकर्ताहरूले मुटु चल्न छोडेपछि पनि शरीरका कोषिका र तन्तुलाई मर्न नदिने तरिका पत्ता लगाउने काम पनि गरिरहेका छन्। 'जीवन र मरणको दोसाँधमा मानिसको शरीरमा हुने कोषिकाहरू बीचको अन्तरक्रियाबारे आगामी दिनमा थप पत्ता लाग्ने देखिएको छ,' अमेरिकास्थित पेन्सिलभानिया विश्वविद्यालयको अस्पतालमा कार्यरत चिकित्सक तथा अनुसन्धानकर्ता बेन्जामिन अबेलाले भने।

कोषिका तथा तन्तुहरूको मृत्यु हुने क्रम रोक्न अहिले औषधि प्रयोग गर्ने गरिएको छ। कोषहरूको ऊर्जाको स्रोत 'माइटोकोन्ड्रिअन' हो। अनुसन्धानकर्ताहरू ऊर्जाको यही स्रोतलाई सक्रिय गराउने औषधि विकास गर्न लागिपरेका छन्। त्यस्तै कोषिकाहरू मार्ने क्याल्पेन नाम गरेको एन्जाइममाथि अवरोध सिर्जना गर्ने औषधि विकासका लागि पनि अनुसन्धान भइरहेको छ।

०००

मुसामाथि प्रयोग गरेर यस्ता औषधि तयार गर्ने काम भइरहेको छ। ल्याबमा गरिएको एउटा अनुसन्धानमा मुसालाई १० मिनेटसम्म श्वास फेर्न दिइएको थिएन। त्यसपछि श्वास दिएर क्याल्पेन अवरोध गर्ने इन्जेक्सन लगाइएको थियो। यसो गर्दा दिमाग ड्यामेज हुने क्रम सुस्ताएको थियो।

यस दिशामा अझै थुप्रै काम हुन बाँकी छ। 'शरीरका कोषिका कसरी मर्छन् भन्ने कुराको हामीलाई थोरै मात्र ज्ञान छ। कोषिका मर्ने प्रक्रियालाई रोक्ने तरिकाबारे हामीलाई अहिलेसम्म केही थाहा छैन,' चिकित्सक साम परिना भन्छन्। 'यदि कोषिका मर्ने प्रक्रिया थाहा भएको भए यस्तो प्रक्रिया रोक्ने औषधि बनाउन सकिन्थ्यो। कुनै मृतक मानिस फेला पर्योर भने अस्पताल नपुर्यापइन्जेलसम्म उसलाई सो औषधिको इन्जेक्सन लगाइदिन सकिन्थ्यो। यदि यस्तो हुन्थ्यो त मुटुको धड्कन रोकिएको घण्टौँपछि पनि व्यक्तिलाई बौराउन सकिने सम्भावना रहन्थ्योे,' उनी भन्छन्।

यसरी नयाँ जीवन पाउनेको शारीर तथा स्नायुमा समस्या देखिने सम्भावना पनि रहन्छ। यो प्रक्रियाबाट नयाँ जीवन पाएका केहीको स्मृति गुम्ने गरेको छ। फिलाडेल्पि्कयाका कोनरार्डको स्मृति पनि गुमेको थियो। होशमा आएपछि उनले पाँच वर्षअघि अर्थात् सन् २०१० मा आफू बाँचिरहेको बताएका थिए। 'कार्डिक एरेस्ट' हुनुभन्दा दुई महिनाअघि मात्रै उनको बिहे भएको थियो। होशमा आएपछि उनले श्रीमती चिने। तर, बिहेको कुनै पनि सन्दर्भ अथवा क्षण सम्भि्कन सकेनन्। दिनहरू बित्दै गएपछि बिस्तारै उनको स्मृति ठीक हँुदै गयो। अहिले उनको अवस्था ठीक छ। दुर्घटना भएको क्षणदेखि दुई सातासम्मका घटना भने उनलाई फिटिक्कै याद छैन। त्यसअघि र पछिका सबै कुरा सम्भि्कन सकेकोमा उनी आफूलाई भाग्यमानी सम्भि्कने गर्छन्।

उन्नत प्रविधि र औषधि अविष्कार भए पनि मृत्युलाई जित्ने सम्भावना भने नरहेको अनुसन्धानकर्ताहरू बताउँछन्। 'मृत्यु भएको १७ दिनपछि कुनै कोषिकालाई बचाउन सकियो भने पनि मानिसलाई बचाउन सकिँदैन,' चिकित्साशास्त्रका प्राध्यापक फेब्राइस क्रेटियन भन्छन्। यसमा डा. बेन्जामिन अबेला थप्छन्, 'केही मिनेट अथवा केही घण्टाअघि मृत्यु भएको व्यक्तिलाई नयाँ जीवन दिने कुरामा मात्र हाम्रो चासो छ। त्योभन्दा अघि मृत्यु भएकालाई ब्युँताउने कुरामा म त्यति आकर्षित छैन। र, यसो गर्न सकिएला जस्तो पनि मलाई लाग्दैन।
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment