Ga is unbelievable that someone is the victim 43,200 times

Advertisement

पत्याउनै गा-हो पर्छ कि कोही ४३,२०० पटक बलात्कृत हुन्छ भनेर । तर हुँदोरहेछ । कार्ला जासिन्तो तिनै महिला हुन् जो मेक्सिको सहरमा चार वर्षको अवधिमा यतिधेरै पटक बलात्कृत भइन् । मानव वेचविखनमा परेकी उनलाई ३० बढी मानिसले दैनिक, हप्तामा सातै दिन र चार वर्ष निरन्तर बलात्कार गरेका थिए । कार्लाको यो वास्तविकताले मेक्सिको र अमेरिकामा मानव वेचविखन र बलात्कारको घटना कति क्रुर छ त भन्ने स्पष्ट पार्छ । खुफिया एजेन्सीले कसरी हजारौं युवतीको जीन्दगी नर्कतुल्य बनाएको छ भनी छर्लङ्ग पार्ने पात्र हुन् मेक्सिकोकी कार्ला । मेक्सिको र अमेरिकी अधिकारीहरुले यति कहाली लाग्दो मानवदेहको कामलाई तोड्न भरपूर प्रयास गरिरहेको छ । मानवतस्करी गरेर युवतीहरुलाई छानिछानी त्यहाँका बेश्यालयमा पठाइन्छ । कार्लाको जीवन सुरुवातदेखि नै पीडादायी थियो । उनी पाँच वर्षकी हुँदा नै उनीमाथि यौन दूराचार भएको थियो । आफ्नै नातेदारले उनीमाथि यौन हिंसा गरेका थिए । उनी १२ वर्षकी हुँदा दलालले उनीमाथि आँखा गाडिसकेको थियो । पहिलो पटक कुनै केटाले उनलाई क्यान्डी उपहार दिएको थियो । त्यसपछि एउटा पाको युवा आयो र जालमा पा¥यो । फोन नम्बर साटेपछि उसले एक हप्तामा फोन गरी घुम्न जान अफर ग¥यो । कारमा घुम्न जान पाएर उनी खुसी भइन् र गइन् । २२ वर्षे केटाले खुवैसंग ठूलो कारमा घुमायो । एक रात उनकी आमाले ढोका नखोलेपछि त्यही युवाले घर लिएर गयो । एक हप्ता संगसंगै बसे । त्यहाँ उनले नयाँ नयाँ केटी देखिन् । को हुन् भनी सोध्दा बेश्या भन्ने जवाफ पाइन् । त्यसको केही दिनपछि त उसले कार्लालाई कसरी काम गर्ने, कस्तो पोजिसनमा गर्ने, ग्राहकसंग कस्तो व्यवहार गर्ने, र जतिबढी राम्रो व्यवहार ग-यो त्यतिबढी पैसा पाउने बारेमा सिकायो । कार्ला सम्झिन्छिन् उनले पहिलो पटक ग्राहकसंग सहवास गर्दा निकै रोएकी थिइन् । ग्राहक खुवै हाँस्थे । उनी सो क्रममा एउटा सहरबाट अर्को सहरमा लगिन्थिन् । सुरुवातमा दुई तीन जनाबाट भएको यौनसम्पर्क त्यसपछि २० सम्म र त्यसपछिका महिनामा त कम्तीमा दिनमा ३० जनासम्म । उनी १३ वर्षकी हुँदा एउटा होटलमा प्रहरीले छापा मा¥यो । ३० जना जति प्रहरीले छापा मारेपछि उनीसहित १० वर्षे बालिकाहरुलाई उठाएर लिएर गयो । कार्लासहितका बालिकाहरु खुसी भए । तर प्रहरीले त उल्टै लिएर गएर कार्लाहरुको भिडियो खिचेर बलात्कार पो गर्न थाल्यो । अनि गर्न नदिए परिवारलाई भिडियो पठाइदिने भन्यो । त्यसपछि सबै मरेतुल्य भए । कार्लाले १५ वर्षको उमेरका एउटी बच्ची पनि जन्माइन् जुन निकै पीडादायी थियो । किनकि बेश्याको बाबु को भन्ने नै पत्तो नहुने । निकै संघर्षपछि उनलाई सन् २००८ मा उद्धार गरिएको थियो । उनी अहिले मानव वेचविखन विरुद्धको विषयकी विज्ञका रुपमा परिचित छिन् । विश्वभर उनका भनाइ सुनिन्छन् । उनले विभिन्न सेमिनारमा प्रवचन दिन्छिन् । त्यसैगरी उनले अमेरिकी महासभामासमेत आफ्ना भनाइ राखिसकेकी छिन् । (सीएनएन) – See more - See more at:
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment