The new rules should be mandatory at least two men to women dies | Hard men who punish polygamy sramasahita jail. - See more at:

Advertisement

अफ्रिकी मुलुक एरिट्रिकामा पुरुषले अनिवार्य कम्तिमा दुई महिलासंग विबाह गर्नुपर्ने नयाँ नियम सार्वजनिक, बहुबिवाह नगर्ने पुरुषलाई कठिन श्रमसहित जेल सजायँ ।
अफ्रिकी मुलुक एरिट्रिया सरकारले आफ्नो देशका पुरुषले अनिवार्य रुपमा कम्तिमा दुई महिलासँग विवाह गर्नुपर्ने नियम ल्याएको छ । एरिट्रिया सरकारले यसरी बहुविवाह नगर्ने पुरुषलाई जेल सजाय गर्ने व्यवस्था सहितको नियम ल्याएको नाइजेरियाको अनलाइन समाचार संस्था व्हिसलरले जनाएको हो ।
इथियोपियासँगको युद्धको क्रममा देशका धेरै पुरुषको ज्यान गएको र अहिले महिला धेरै तर पुरुष कम भएकाले एक पुरुषले कम्तिमा दुई जना महिलासँग विवाह गर्नु पर्ने बाध्यकारी नियम ल्याएको उल्लेख छ । अरबिक भाषामा लेखिएको वक्तव्यमा बहुविवाहलाई सरकारी समर्थन रहेको उल्लेख गरिएको छ । नाइजेरियाका अधिकारकर्मीले अरबिक भाषामा लेखिएको वक्तव्यलाई अंग्रेजीमा अनुवाद गरेका हुन् । बहुविवाहमा भगवान हुन्छन् भन्ने कानून अनुसार देशमा अहिले पुरुषको संख्या कम भएको अवस्थालाई मध्यनजर गरी धर्मसम्बन्धी विभाग बहुविवाहलाई कानूनी मान्यता दिने निणर्यमा पुगेको विज्ञप्तीमा उल्लेख छ । यो नियम अनुसार हरेक पुरुषले कम्तिमा दुई महिलासँग विवाह गर्नु पर्ने छ । बहुविवाह गर्न नमान्ने व्यक्तिलाई कठिन श्रमसहितको जन्म कैदको सजाय दिइने छ ।
यस्तै आफ्नो श्रीमानलाई बहुविवाह गर्नबाट रोक्ने महिलालाई पनि जन्म कैदको सजाय हुने खबरमा उल्लेख छ । सन् १९९८ को मेदेखि सन् २००० को जुनसम्म इथियोपियासँगको युद्धको क्रममा एरिट्रियाका एकलाख ५० लाख सुरक्षाकर्मीको ज्यान गएको थियो । जम्मा चालिस लाखको हाराहारीमा जनसंख्या रहेको एरिट्रियामा पुरुषको संख्या कम हुँदा महिलाको विवाहमा समस्या भएको छ । महिला अधिकारकर्मीले भने यसले महिलाको स्वाभिमानमाथि प्रहार गरेको भन्दै विरोध गरेका छन् । कतिपय मानिसले भने यसलाई रमाइलोका रुपमा लिएका छन् ।- See more at
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment