नेपाली कांग्रेस धरानको वार्डको चुनावमा सभापतिका प्रत्यासी तिलक राई र किशोर राई पक्षधरको कुखुरी हानाहान हुँदा दुई प्रहरी घाइते भएका छन्।
तिलक पक्षधरका सन्तोष बिक र किशोर पक्षधरका अजय राईको समूहबीच हानाहान हुँदा धरान १७ नम्बर वार्डको चुनावी बुथमा खटिएका प्रहरी जवान जितबहादुर बराइली र सुरजकुमार साह घाइते भएका हुन्। उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
प्रज जितबहादुरलाई झगडा छुट्याउने क्रममा खुकुरीले घुडा माथि काटेको छ भने प्रज साहलाई ढुंगाले लागेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतिले बताए।
अजय पक्षधरले चुनावमा एकपक्षीय तथा फल्स समेत भएको भन्दै बुथमा पुगे लगत्तै सन्तोषको समूह पनि भित्र प्रवेश गरेको भित्रै हानाहान सुरु भइहालेको नाम नछाप्ने शर्तमा एक प्रत्यक्षदर्शीले बताए। सन्तोषले अजयलाई आक्रमण गरेको कुरा बाहिर आफ्नो समूहलाई बताएपछि सन्तोषलाईसमेत अजयको समूहले आक्रमण गरेको ती प्रत्यक्षदर्शीले बताए।
घटनापछि झण्डै ढेड घण्टाजति चुनाव स्थगित भएको थियो भने अहिले चुनावसमेत सञ्चालनमा रहेको डिएसपी सिजापतिले बताए। उनका अनुसार अहिले चुनावी क्षेत्रमा व्यापाक रुपमा प्रहरी परिचालन गरिएको छ। अजय र सन्तोष बिकको समूहबिचमा हानाहान भएको कुरासम्म आएको डिएसपी सिजापतिले बताए। धरान १७ तिलकको पकड रहेको क्षेत्र मानिन्छ।
चुनाव भएको उदय सामुदायिक वनको केही क्षतिसमेत भएको छ। दुईपक्षबीचको भिडन्तले ७ वटा कुर्सी, ढोका र एक हजार लिटरको पानीको ट्यान्कीसमेत फुटेको सामुदायिक वनका अध्यक्ष मिनकुमार सुनुवारले बताए। उनले झगडा कसरी भयो त्यो बारेमा आफूलाई केही जानकारी नभएको बताए।
घटनामा संलग्न सन्तोष बिकले अजयको समूहले बुथ क्याप्चर गर्न खोज्दा आफूहरूले प्रतिकार गर्ने क्रममा झगडा भएको बताए। खुकुरी प्रहारको विषयमा उनले अजयकै समूहले लिएर आएको आरोप लगाए। यता अजयले उनीहरूकै समूहले बुथ क्याप्चर गर्न खोजेकै कारणले आफूहरू त्यहाँ पुगेको बताए। उनले तिलक पक्षधरको भाई ब्यालेट छेउमै बसेकाले त्यहाँ बस्न नपाइने कुरा बताउँदा खेरी ‘त कोहोस्’ भन्दै भनेपछि एक्कासी घटना बढेर गएको बताए।
अजयले उनीहरूकै समूहले सुनियोजित रुपमा खुकुरी कट्टी लिएर आएकोसमेत आरोप लगाए। बुथ क्याप्चरको कुरा आरोप मात्रै भएको उनले बताए।- See more a
0 comments:
Post a Comment