१७ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा स्थान बनाउन सफल नेपाली युवा टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ ।
आइतबार बिहान नेपाल ओलम्पिक कमिटीको कार्यालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले टिमका खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापकलाई जनही एक-एक लाख नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।
बंगलादेशमा जारी विश्वकपमा सुरुवाती दुई खेलमा जित हात पार्दै नेपाल सुपर लिगका लागि छनोट भएको छ । नेपालले १५ वर्षपछि क्वाटरफाइनलमा स्थान बनाएको हो ।
नेपालले पहिलो खेलमा टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डलाई ३२ रनले हराएको थियो भने दोस्रो खेलमा आयरल्याण्डविरुद्धको खेलमा ८ विकेटले जित हात पारेको छ । अब समूह चरणको अन्तिम खेलमा नेपालले सोमबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।- See more at: http://www.onlinekhabar.com/2016/01/381950/#sthash.pjYMpktx.dpuf
0 comments:
Post a Comment