Within a year, 40 million people with surface spread of viral infection Warning :: Read More New Wagle

Advertisement



काठमाडौँ, १५ माघ - विश्व स्वास्थ्य संगठन डब्लुएचओले एक वर्ष भित्रमा अमेरीकी महादेशका ३० देखि ४० लाख मानिसमा जिका भाइरसको संक्रमण हुन सक्ने चेतावनी दिएको छ।

संगठनले धेरैजसोलाई संक्रमणको लक्षण नदेखिएपनि शिशुको मस्तिष्कमा असर पर्ने जनाएको छ। जिका भाइरसको महामारी फैलिँदै गएपछि डब्लुएचओले आपतकालिन समूह गठन गरेको छ । समूहको आउँदो सोमबार बस्ने बैठकमा जिका भाइरसलाई पनि इबोलाको जस्तै अन्तर्राष्ट्रिय आपतकानलिन अवस्था घोषणा गर्ने नगर्ने बारेमा छलफल गर्नेछ ।

यस अघि संगठनले इबोलाको महामारी फैलिएपछि अन्तर्राष्ट्रिय स्तरमा नै आपतकालिन अवस्थाको घोषणा गरेको थियो । डब्लुएचओकी महानिर्देशक माग्रेट चानले जिका भाइरस डरलाग्दो रुपमा फैलिरहेको बताउनुभएको छ ।

अमेरिकी वैज्ञानिकले जिका भाइरस विरुद्ध तत्काल काम नथाले त्यसले विकराल रुप लिने बताएका छन् । ब्राजिलका राष्ट्रपति डिल्मा रुसेफले जिका भाइरस विरुद्ध लड्न सबै नागरिक एकजुट हुनु पर्नेमा जोड दिनु भएको छ ।

जिका भाइरस सन् १९४७ मा युगाण्डामा देखा परेको थियो । सन् २०१५ मो मे महिनादेखि भने यसको संक्रमण ब्राजिलमा देखा परेको थियो ।

अहिले ब्राजिल सहित पूरै अमेरिका र क्यारेबियन क्षेत्रका २० भन्दा बढी राष्ट्रमा जिका भाइरस फैलिरहेको छ। यो भाइरसको संक्रमणका कारण ब्राजिलमा ४ हजार भन्दा धेरै टाउको सानो भएका शिशु जन्मिएका छन्।
एजेन्सी
- See more at:
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment