


वीरगन्ज, १६ माघ ।
मधेस केन्द्रीत दलले नाकामा धर्ना दिन थालेको साढे पाँच महिनापछि पहिलोपटक वीरगन्ज रक्सौल नाका शुक्रवार दुई घन्टाका लागि खुल्यो । शुक्रवार विहान मितेरी पुल हुँदै पाँचवटा मालबाहक ट्रक रक्सौलबाट छिरे ।
भारतबाट मालसामान लिएर आएका नेपाली नम्बर प्लेटका पाँचवटा ट्रक शुक्रवार विहान आठ बजेतिर आन्दोलनकारीले धर्ना दिएको मितेरी पुलबाट वीरगन्ज प्रवेश गरे। नाकाबन्दीका कारण वीरगन्ज लामो समयदेखि अलपत्र सातवटा भारतीय खाली ट्रक मितेरी पुलबाटै रसौल गएका छन् ।
रक्सौलबाट मालबाहक ट्रक छिरेको अबर पाएलगत्तै वीरगन्जबाट गएका आन्दोलनकारीले शुक्रवार विहान १० बजेदेखि फेरि नाका ठप्प पारेका छन् । संघीय समावेशी मधेसी युवा गठबन्धनका साथै मधेसी दलका नेता र कार्यकर्ताले मितेरी पुलमा बिहान १० बजेदेखि टायर बालेर प्रदर्शन गर्दै नाका फेरि अबरुद्ध गरेको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।- See more at: http://www.zoomnp.net/archives/22993#sthash.PY12oOIr.dpuf



0 comments:
Post a Comment