Citizenship jacket as a gift to make!

Advertisement

१५ माघ, सोलुखुम्बु । तपाईं पत्रकार हैन ? सल्लेरीमा भेटिएका एक युवकले एक्कासि सोधे । संवाददाताले ‘हो, किन ?’ भनेपछि उनले भने, ‘म नागरिकता बनाउन गएको ज्याकेट पनि पाएँ, यसको समाचार लेखिदिनु न ।’


संवाददातालाई लाग्यो भूकम्पपीडितलाई ज्याकेट बाँडेको रहेछ क्यारे । तपाईं भूकम्पपीडित हो भनेर सोध्दा उनले भने, ‘भूकम्पपीडित त हो तर पीडित भनेर दिएको हैन मलाई त प्रशासनमा म्याडमले दिनुभएको हो ।’

चासो लागेर सोध्दा काँगेल–४ सोलुखुम्बु निवासी नगेन्द्र सुन्दास नाम गरेका उनी हिजो बिहीबार नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय गएका रहेछन् ।

नागरिकताको आवेदन लिएर शाखा अधिकृत सिर्जना तिवारीको अगाडि पुग्दा जाडोले काँप्न थालेछन् । शाखा अधिकृत तिवारीले डर लाग्यो भनेर सोध्दा ‘हैन जाडो भयो’ भनेपछि नागरिकता बनाइदिनुभन्दा पहिले नजिकैको पसलमा गएर ज्याकेट किनेर दिइछन् र उनले लगाएपछि मात्र नागरिकता बनाइदिइछन् ।

बजारमा भेटिएका ती युवक यति खुसी थिए कि उनी बारम्बार शाखा अधिकृत तिवारीको चर्चा गरिरहेका थिए । ‘कति राम्रो कर्मचारी, सबैलाई मीठो बोल्ने, गाली पनि नगर्ने, सजिलोसँग सोध्ने, सबै कर्मचारी यसै हुनु नि’, ती युवकले संवाददातासँग भने ।

नागरिकता बनाउन आफ्नो कार्यालयमा आएको बेलामा चिसोले काँपिरहेको देख्दा माया लागेर ज्याकेट किनिदिएको शाखा अधिकृत तिवारीले बताइन् । लगातार चार दिनदेखि मौसम खराब हुँदा हिजो सल्लेरीमा अत्यधिक चिसो थियो ।

यस्तो बेलामा सामान्य कपडा लगाएर आएकाले ज्याकेट किनिदिएको बताउने शाखा अधिकृत तिवारीले दुःख देख्न नसकेर सोलुखुम्बुमा काम गर्न थालेका ६ महिनाको यो अवधिमा यसअघि पनि दुईजनालाई सहयोग गरेको र अन्य जिल्लामा पनि समस्यामा परेर आएका सेवाग्राहीलाई नगद तथा जिन्सी सहयोग गरेको बताइन् ।अनलाइनखबर
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment