काठमाडौँ, १७ माघ ।
पछिल्लो समय युवापुस्तामा सेल्फी मोह निकै बढदै गएको छ । घुम्न जाँदा होस या अन्य सन्दर्भमा सेल्फी नलिने सायद कमै होलान् । रोजगारको सिलसिलामा भारत गएका एक नेपाली युवकको सेल्फीले नै ज्यान लिएको छ ।
खोलाको किनारमा सेल्फी लिने क्रममा उनको मृत्यु भएको हो । यस्तै केही दिनअघि मात्र समुन्द्रको छेउमा सेल्फी दिने क्रममा २ भारतीय युवकको ज्यान गएको छ ।
प्रहरीका अनुसार मृतक युवक जागिर खोज्ने सिलसिलामा भारत गएका थिए । उनीहरु अलकनन्दा खोलाको वरिपरि घुम्न गएका थिए । १० वटा सेल्फी लिइसकेपछि ति युवक खोलामाथि रहेको पुलको रेलिङमा चढेका थिए । त्यही समयमा सेल्फी लिँदा उनको ज्यान गएको हो ।- See more at
0 comments:
Post a Comment