काठमाडौँ, १७ माघ - स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा रहेको बार्सिलोनाले तीन अंकको अग्रता कायम गरेको छ।
शनिबार राति भएको खेलमा शीर्ष स्थानको दौडमा रहेको ९ खेलाडीमा सीमित एथ्लेटिको मड्रिडलाई २-१ ले हराएर बार्सिलोनाले तीन अंकको अग्रता कायम गरेको हो। बार्सिलोनाको जितमा ३० औं मिनेटमा लियोनल मेस्सी तथा ३८ औं मिनेटमा लुइस स्वारेजले गोल गरे। १० औं मिनेटमा कोकेको गोलबाट सुरुवाती अग्रता लिएको एथ्लेटिको मड्रिड ४४ औं मिनेटमा लिलिपे लुइस रातो तथा डिएगो गोडिन दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नौ खेलाडीमा सीमित भएको थियो। जितपछि शीर्ष स्थानको बार्सिलोनाको २१ खेलबाट ५१ अंक भएको छ।
एक खेल बढी खेलेको एथ्लेटिको मड्रिड ४८ अंक सहित दोस्रो स्थानमा छ। तेस्रो स्थानको रियल मड्रिडको २१ खेलबाट ४४ अंक छ। शनिबार राति नै भएको खेलमा ग्रनाडालाई १-० ले हराएको भिल्लारियलको २२ खेलबाट ४४ अंक छ। शनिबार राति भएका अरु खेलमा मालागाले एइबर तथा रियल सोसिडाडले रियल बेटिसलाई समान २–१ तथा एथ्लेटिको बिल्बाओले गेटाफेलाई १-० ले हरायो ।- See more at
0 comments:
Post a Comment