15 million unemployed workers movement and due to sanctions :: Read More News>

Advertisement

काठमाडौँ, १० माघ - तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण मुलुकभर करिब १५ लाख मजदुरले रोजगारी गुमाएका छन्।
यिनमा ५ लाख मजदुर औद्योगिक र १० लाख निर्माण क्षेत्रका हुन्। नाकाबन्दीपछि विकास(निर्माणका काम ठप्प भएका छन् भने उद्योगधन्दा र कलकारखाना बन्द छन्। नेपाल निर्माण व्यवसायी महासंघका अनुसार मुलुकमा यतिबेला विकास-निर्माणसँगै सरकारी, निजीस्तरबाट हुने सबैजसो निर्माणका काम प्रभावित छन् । कच्चापदार्थ आयात शिथिल हुँदा धेरै उद्योग बन्द भएका छन् । कृषि र सेवा क्षेत्रमा भने मजदुर कटौती थोरै छ ।मधेस आन्दोलन र भारतीय नाकाबन्दीले असोज पहिलो सातादेखि पेट्रोलियम पदार्थ आपूर्तिमा आएको गिरावट र तराईसँगै अन्य क्षेत्रका उद्योगधन्दा बन्द हुँदा मजदुरको ठूलो संख्याले रोजगारी गुमाएको हो । इन्धन अभाव हुँदा अधिकांश आयोजनाका अधिकारीको दैनिकी इन्धनका लागि आयाल निगमको ढोका चाहार्नु बनेको छ ।
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment