सामाजिक सञ्जालको बढ्दो दुरुपयोग पनि वेचविखनको ठूलो कारक बनिरहेको छ ।

Advertisement


पछिल्लो समयमा ग्रामीण क्षेत्रका भन्दा शहरी क्षेत्रका महिला तथा बालिका बेचबिखनको उच्च जोखिममा रहेको देखिएको छ । नेपालगन्जस्थित माईती नेपालको शाखाले सन् २०१५ मा बेचविखनको अवस्थाबारे गरेको अध्ययनले यस्तो देखिएको हो ।

माईती नेपालको नेपालगन्ज शाखा प्रमुख केशव कोइरालाले प्रविधिको सहज पहुँचका कारणले पछिल्लो समयमा महिला तथा बालबालिका बेचविखनको जोखिम बढेको बताए । अहिले शहरका पढेलेखेकै किशोरी तथा महिलाहरु वेचविखनमा पर्ने गरेको संस्थाको ठहर छ । शहरी क्षेत्रमा मोबाइल र इन्टरनेटको सहज पहुँच लगायतका कारणले बेचविखन बढिरहेको पाइएको कोइरालाले बताए।

संस्थाले सन् २०१५ मा जोखिमपूर्ण यात्रामा रहेका ५ सय ६६ जना महिलाको सीमा क्षेत्रबाट उद्दार गरेर परिवारकोे जिम्मा लगाएको छ । उद्दार गरिएकामा सबैभन्दा धेरै बाँकेका महिला तथा बालबालिका छन् । एक वर्षको अवधिमा बाँकेका ८१ जनालाई सीमाबाट उद्दार गरिएको कोइरालाले बताए ।

यो अवधिमा दाङका ७६, सुर्खेतका ६८, सल्यानका ५९, बर्दियाका ५१, रुकुमका ४६, रोल्पाका ३६, जाजरकोटका २८, प्युठानका ८, कैलालीका १२, कालीकोटका ६, अछामका ५ र झापा र तनँहुलगायतका अन्य जिल्लाबाट २१ जनाको उद्दार गरिएको हो ।

पछिल्लो समय मध्यपश्चिमाञ्चलमा महिला तथा बालिका हराउने क्रम पनि बढ्दोे छ । सन् २०१४ मा खोजतलासका लागि माइती नेपालमा २ सय ६२ वटा उजुरी परेकोमा गतवर्ष यो सङ्ख्या ४ सय ६१ पुगेको छ ।

सन् २०१४ मा बेचबिखनका ५ वटा उजुरी परेकोमा यो वर्ष ८ वटा उजुरी परेका छन् । प्रविधिको विकाससँगै पछिल्लो समयमा वेचविखनमा पनि चुनौती थपिएको कोइरालाले बताए ।

सामाजिक सञ्जालका माध्यमबाट पनि बेचविखनमा पर्ने गरेको भेटिएको माइती नेपालले जनाएको छ । ‘कतिपय दलाल र महिलाहरु फोन र फेसबुकबाटै चिनजान भएर नजिकिएको पाइयो’- कोइरालाले भने-‘ सामाजिक सञ्जालको बढ्दो दुरुपयोग पनि वेचविखनको ठूलो कारक बनिरहेको छ ।’
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment