


भारतीय गृहमन्त्रालयका विशेषज्ञहरुको भनाइलाई मान्ने हो भने निकट भविष्यमै भारतमा कम्तिमा ८.२ म्याग्निच्यूड या त्योभन्दा पनि शक्तिशाली भूकम्पले हिमालय क्षेत्रलाई हल्लाउन सक्नेछ ।
भारतीय गृहमन्त्रालयका विशेषज्ञहरुले सोमबार मणिपुरको राजधानी इम्फाललाई केन्द्रबिन्दु बनाएर गएको ६.७ म्याग्निच्यूड भन्दा सयौं गुणा शक्तिशाली भूकम्प निकट भविष्यमा यस इलाकामा जाने दाबी गरेका हुन् ।
सोमबार मणिपुरमा गएको ६.७ म्याग्निच्यूड, नेपालमा वैशाख १२ मा गएको ७.३ म्याग्निच्यूड र सन् २०११ मा सिक्किमा गएको ६.९ म्याग्निच्यूडको भूकम्पका कारण यस क्षेत्रको भूगर्भीय प्लेटमा उथलपुथल आएको आधारमा उनीहरुले यो निचोड निकालेका हुन् ।
सन् २०११ मा सिक्किमा आएको पहिलो भूकम्पले यहाँको भूगर्भीय प्लेटमा दरार पैदा गरेको थियो । तर, वैशाखमा नेपालमा र सोमबार मणिपुरमा गएको भूकम्पले यो दरार अझ गम्भीर अवस्थामा पुगेको छ ।
विशेषज्ञका अनुसार यसैकारणले यस क्षेत्रमा अन्य कयौं भूकम्प आउन सक्छन् । जसमा ८ म्याग्निच्यूडको भूकम्प पनि आउन सक्ने अवस्था छ ।
नेपालमा आएको भूकम्पपछि भारतीय गृहमन्त्रालयको राष्ट्रिय आपतकालिन प्रबन्धन संस्था (एनआईडीएम) ले गरेको विश्लेषणमा भारतको पूर्वोत्तर र खासगरी पहाडी इलाकामा भयंकर ठूलो भूकम्प आउने सम्भावना बढेर गएको उल्लेख गरिएको छ ।
भारतको इटानगरमा हालै आयोजित एनआईडीएमको एक बैठकमा यो मुद्दा गम्भीरतापूर्वक उठाइएको थियो । भारतका ११ पहाडी राज्यका नीति निर्माताहरुले यो बैठका भाग लिँदै पहाडीक्षेत्रमा मडारिइरहेको यो गम्भीर संकटसँग जुध्नका लागि सबै राज्यले छु्टटै कार्यक्रम नै सञ्चालन गर्ने निर्णय गरेका थिए ।
यो संस्थाका निर्देशक सन्तोष कुमारले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै भने अनुसार नेपाल, भुटान, म्यानमानर र भारतको भूगर्भीय प्लेट एकापसमा जोडिएका छन् । यस क्षेत्रमा धेरै ठूलो भूकम्पीय विध्वंश हुने अनुमान गरिएको छ ।
‘शक्तिशाली भूकम्पको खतरा भारतका पहाडी राज्यहरु बिहानर, उत्तर प्रदेश र यहाँसम्म कि भारतीय राजधानी दिल्लीमा पनि मडारिइरहेको छ’, उनले भने, ‘भारतीय राजधानी दिल्ली भूकम्पीय इलाकाको वर्गीकरण अनुसार एकदमै संवेदनशील मानिने वर्ग ४ को हिस्सा हो ।’
भारतको पूर्वोत्तर राज्य र पहाडी भूभागका राज्यहरु वर्ग ५ मा पर्छन् । अर्कातिर केही भारतीय वैज्ञानिकहरुकै मत भातरीय गृहमन्त्रालयका विज्ञहरुको भन्दा फरक रहेको छ । अन्तर्राष्ट्रिय विज्ञहरुको भनाइ मान्ने हो भने अहिलेको दरारयुक्त अवस्था र ताजा भूकम्पहरुलाई विश्लेषण गर्दा वर्ग ४ क्षेत्रमा ८ म्याग्निच्यूडमाथिको भूकम्प आउने अवस्था छ ।
विज्ञहरुका अनुसार यदि यस्तो भूकम्प आउन समय लाग्यो भने सदियौंदेखि जम्मा भएको दबाबले कयौं गुणा शक्तिशाली भूकम्पलाई निम्ता दिन सक्नेछ ।
कुमारले बताए अनुसार भारतीय केन्द्र सरकाले सबै पहाडी इलाका भएका राज्यलाई यसबारेमा जानकारी गराइएकेको छ ।
केन्द्र सरकारले राज्य सरकारहलाई भूकम्पको विनाशसँग जुध्न एउटै भवन संहिता अपनाउन पनि भनेको छ । यो योजना अन्य भारतीय इलाकामा लागू योजना भन्दा फरक हो ।
बताइए अनुसार नेपालमा आएको भूकम्पपछि पूर्वोत्तर पहाडमा दबाब धेरै बढेको छ । मणिपुरमा सोमबार आएको ६.७ म्याग्निच्यूडको भूकम्पले अझै पनि प्लेटबीचको दबाब पूर्णरुपमा बाहिर नआएको संकेत गरेको उनीहरुको भनाइ छ । दबाब बरु झन गम्भीर हुँदै गएको विज्ञहरुको भनाइ छ ।
एनआईडिएका विज्ञहरुका अनुसार उत्तरमा हिमालय क्षेत्रको भूगर्भीय प्लेटको पूर्वमा इन्डो–बर्मिज प्लेटसँग ठोक्किएका कारण संकट अझै बढेको हो । विज्ञहरुले यो संकट उच्च विन्दुमा पुगेको उल्लेख गरेका छन् ।
भूकम्पीय संवेदनशीलता बमोजिम भारत चार क्षेत्रमा बाँडिएको छ । सबैभन्दा संवेदनशील क्षेत्र वर्ग पाँचलाई मानिन्छ । यो वर्गमा भारतका पूर्वोत्तर राज्यहरु, नेपालसँग जोडिएको बिहार, उत्तारखण्ड, हिमाञ्चल प्रदेश, जम्मु–कश्मीर र अंडमान र निकोबार द्वीप रहेका छन् ।
भारतीय राजधानी दिल्ली यीनीहरु भन्दा संवेदशील क्षेत्रमा पदर्छ । विशेषज्ञहरुका अनुसार यस्तो संकटको स्थितिसँग लड्नका लागि भारतको सहरी इलाकाको स्थिति धेरै कम्जोर छ । यदि धेरै बाक्लो बस्ती भएको भारतको कुनै सहरमा भूकम्प आयो भने धनजनको ठूलो क्षति हुने सम्भावना छ ।



0 comments:
Post a Comment