एउटा नेपालीले कुनै पनि अन्तर्राष्ट्रिय अवार्ड पाउँदा देशवासी गौरवान्वित हुनुपर्ने हो । यसअर्थमा ‘दि बैंकर’ले पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’ को अवार्ड दिँदा सिंगो देशका लागि गौरवपूर्ण क्षण हुनुपर्ने थियो

Advertisement

एउटा नेपालीले कुनै पनि अन्तर्राष्ट्रिय अवार्ड पाउँदा देशवासी गौरवान्वित हुनुपर्ने हो । यसअर्थमा ‘दि बैंकर’ले पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’ को अवार्ड दिँदा सिंगो देशका लागि गौरवपूर्ण क्षण हुनुपर्ने थियो । तर, यसलाई सामाजिक सञ्जाल र जनमानसमा अहिले उपहास र ठट्टाको विषय बनाइएको छ ।

डा. महत विगतमा ६ पटकसम्म अर्थमन्त्रीको कुर्सीमा बस्न पाउने भाग्यमानी हुन् । ‘दि बैंकर’ले उनलाई ख्यालठट्टामा अवार्ड दिएको पक्कै होइन, तर डा. महत नेपाली जनताका आँखामा सफल अर्थमन्त्री होइनन् ।

डा. महतका कुनै पनि कार्यकाल स्मरणीय र प्रशंसनीय बन्न सकेका छैनन् । विशेष गरी उदारीकरण र निजीकरणका नाममा स्वदेशी उद्योगधन्दालाई धुलीसात बनाएको र नेपाललाई विदेशी मालबजारमा परिणत गरेको अपजस डा. महतलाई जाने गरेको छ ।

आज भारतले नेपालमा नाकाबन्दी लगाइदिएपछि नेपालको अर्थतन्त्र कति परनिर्भर र खोक्रो बनेको रहेछ भन्ने खुलासा भएको छ । ०४६ सालपछि सबैभन्दा लामो समय अर्थमन्त्री खाएका डा. महत यसका लागि कति जिम्मेवार छन् भन्ने मूल्यांकन गर्न यो उपयुक्त समय हो ।

अर्थमन्त्री हुँदा मात्रै होइन, नहुँदा पनि देशका आर्थिक नीतिहरुमा महतको प्रभाव रहँदै आएको छ । पछिल्लो कालखण्डमा नेपाली कांग्रेसले लिएका आर्थिक नीतिहरुमा डा. महत नै हावी भएको पाइन्छ ।

प्रजातन्त्र आएपछि बनेको कांग्रेसको पहिलो बहुमतको सरकारमा अर्थमन्त्री महेश आचार्य थिए भने डा. महत योजना आयोगका उपाध्यक्ष थिए । त्यसयता यो वा त्यो भूमिकामा रहेर उनले देशको आर्थिक नीतिहरुको अगुवाइ गरिरहेकै छन् । यो कालखण्डमा उनले नेपालको अर्थतन्त्रलाई कहाँ पुर्‍याए त ?

आज देशका लाखौं युवाहरु विदेशमा गएर रगत-पसीना बगाइरहेका छन् । देशमा उद्योगधन्दाहरु धराशयी बनेको अवस्थामा विदेेशिएका नेपालीहरुले पठाएको रेमिटेन्सबाट नै धानिएको छ अर्थतन्त्र ।

जलस्रोतको धनी मुलुकमा सारा जनता लोडसेडिङको अन्धकारमा छट्पटाउनुपरेको छ । प्रजातन्त्र आएपछिको २५ वर्षमा जम्माजम्मी मेघावाट विद्युत उत्पादन भयो । विद्युत अभावमा सारा उद्योगधन्दा चौपट छन् भने जनताको जनजीवन कष्टकर बनेको छ ।

स्वास्थ्य र शिक्षा जस्ता संवेदनशील क्षेत्र सरकारको हातबाट बाहिर गएर व्यापारको विषय बनेको छ । गरीब र धनीहरुले पाउने शिक्षा र स्वास्थ्यको स्तरमा विशाल अन्तराल उत्पन्न भएको छ । शिक्षाको व्यापारीकरणले दुईथरी जनशक्ति उत्पादन भइरहेका छन् भने स्वास्थ्यको व्यापारीकरणले गर्दा गरीबहरु उपचार नपाएर मर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

नेपालको आयात-निर्यातको असन्तुलन अकल्पनीयरुपमा बढ्दै गएको छ । रेमिट्यान्सबाट आएको पैसाले विदेशी वस्तुहरु किनेर खान नेपालीहरु अभ्यस्त बन्दै गएका छन् । आयात बढ्दै र निर्यात घट्दै जानाले देशको अर्थतन्त्र पूर्णरुपमा परनिर्भर बन्न पुगेको छ ।

कृषिप्रधान देश भनिए पनि कृषिजन्य जमिनहरु धेरै बाँझो हुन थालेका छन् । कृषिका लागि देशमा जनशक्ति छैन एकातिर भने, भारतबाट खुलारुपमा भित्रिएका कृषिउपजहरुसित प्रतिस्पर्धा गर्नुपर्दा नेपाली किसानहरुले लागतसम्म उठाउन नसक्ने अवस्था विद्यमान छ । यो अवधिमा केही क्षेत्रहरु फस्टाए पनि समग्र अर्थतन्त्र छिन्नभिन्न भएकोमा दुई मत छैन ।

यी यावत कुराहरुमा डा. महत एक्लो जिम्मेवार पक्कै होइनन् । तर, मुख्य जिम्मेवार भने उनलाई मान्न करै लाग्छ ।
‘दि बैंकर’ ले उनको पछिल्लो कार्यकालमा भूकम्पपछिको पुनर्निमाणका लागि वैदेशिक सहयोग जुटाएको र राहतमा तदारुकता देखाएको भनेर प्रशंसा गरेको छ । पक्कै पनि दाता सम्मेलन गरेर वैदेशिक सहयोगको प्रतिवद्धता हासिल गर्न उनको भूमिका रहेको छ । तर, यो एउटा अर्थमन्त्रीले निभाउनुपर्ने अत्यन्तै औपचारिक र न्यूनतम भूमिका थियो । उनको ठाउँमा रामे, श्यामे जो अर्थमन्त्री भए पनि एउटा दाता सम्मेलन गर्न कुनै आइतबारको कुरा थिएन । सहयोगको प्रतिवद्धताको परिमाण पनि क्षतिको हिसाबले ठूलो होइन ।

भूकम्पपछिका ६ महिनासम्म डा. महत अर्थमन्त्रीको पदमा थिए । यो अवधिमा भूकम्पपीडितको पुनर्निमाणमा सिन्को पनि भाँच्ने काम भएको देखिँदैन । पक्कै पनि राजनीतिक दलहरुबीचको खिचातानीका कारण पुनर्निमाण प्राधिकरण नै खारेज हुनुले पुनर्निमाणको काम अघि बढ्न नसकेको हो । तर, पुननिर्माण नै हुन सकेको छैन भने केका लागि उनी उत्कृष्ट ठहरिए महत ?

भूकम्प आउनु अगाडिसम्म डा. महतको कार्यकाल अत्यन्त सहज र राजनीतिकरुपमा पनि अनुकूल थियो । कांग्रेस र एमालेको बलियो सरकार तथा आफू अनुकुलका प्रधानमन्त्री हुनुका बावजुद ७१ सालको आर्थिक अवस्था सन्तोषजनक रहेन ।

आर्थिक वर्ष ०७१/७२ मा ६ प्रतिशत वृद्धिदर प्रक्षेपण गरिएकामा तीन प्रतिशतमा सीमित भएको थियो । वैशाखमा आएको भूकम्पले आर्थिक वृद्धिदरलाई प्रभावित बनायो । तर, भूकम्प नआएको भए पनि चार प्रतिशतभन्दा माथि जान सक्ने अवस्था देखिएको थिएन ।

भूकम्पपछि चीनसित जोड्ने नाकाहरु अवरुद्ध भए । अवरुद्ध भएका नाका खुलाउन पहल गर्नुका साटो स्थानीयस्तरबाट प्रयास हुँदासमेत बजेट उपलब्ध गराउन नमानेको आरोप डा. महतमाथि लाग्ने गरेको छ । त्यसैको प्रतिफल हो, पछिल्लो समय नेपालको वैदेशिक व्यापार एकलौटीरुपमा भारतसित निर्भर हुन पुग्यो ।

भारतले नाकाबन्दी गर्दा चीनबाट एउटा गाडीसम्म नेपाल छिर्ने अवस्था थिएन । भूकम्पपीडितलाई राहत वितरण गर्दा उनले मुठ्ठी खोल्न आनाकानी गरेको पनि आरोप लागेको थियो ।

पश्चिमाहरुका आँखामा डा. महत एक असल अर्थमन्त्री थिए, किनभने उनले दाताहरुको हित अनुकुल नीतिहरु अवलम्बन गरे ।

विश्व बैंक र आइएमएफ जस्ता संस्थाहरुसित मित्रवत् भएर अघि बढे । यस हिसाबले दि बैंकरले दिएको अवार्डलाई अस्वभाविक रुपमा लिन सकिँदैन । ठूला र शक्तिशाली देशका अर्थमन्त्रीहरुलाई पछि पारेर डा. महतलाई यो प्रतिष्ठित अवार्ड दिइनु नेपालीहरुका लागि सुखद समाचार नै हो । यद्यपि, यही अवार्डका आधारमा डा. महतलाई उत्कृष्ट ठहर गर्न सकिने अवस्था भने छैन ।- See more at:
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment