मधेस आन्दोलनमा के गर्दैछन् तस्करहरु

Advertisement

। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी मधेसी गठबन्धनसहितका विभिन्न दलहरुद्वारा जारी नाकाबन्दी एवं मधेस आन्दोलन अधिकारका लागि भएको भनिए पनि जारी आन्दोलनले अहिले सबैभन्दा बढी तस्करहरु र स्थानीय व्यापारीहरु मालामाल भइरहेका छन् ।

मधेस आन्दोलनले गर्दा बारा, पर्सा र रौतहटको बजारहरुमा राजस्व तिरेर ल्याउने खाद्यान्न सामग्री, लत्ताकपडा, पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँस, रेडिमेड कपडाहरु, कास्मेटिक समानहरुको अभाव भएका बेलामा तस्करहरुको समूहले भारतीय सीमावर्ती शहरहरुबाट ती सामानहरु चोरबाटो प्रयोग गरी नेपाल प्रवेश गराएपछि तस्कर र स्थानीय व्यापारीहरुले बढी फाइदा कमाइरहेका छन ।

चोरबाटोको प्रयोगले गर्दा तस्करहरुले भन्सार नतिरी भारतबाट मालसमानहरु भित्रियाएर फाइदा कमाइका छन् । स्थानीय व्यापारीहरुले बन्दीले समान महंगो भएको भन्दै उपभोक्ताहरुबाट साविक मूल्यको तुलनामा तस्करीका सामानहरु दोब्बर मूल्यमा बिक्री गरी नाफा कमाइरहेका छन् ।


बारामा रहेका मटिअर्वा, बलिरामपुरको मुसहर्वा नाका, सिम्रौनगढ, कबहीगोठ, कचोर्वा लगायतका नाकाहरुबाट पनि तस्करीका सामानहरु भित्रिने क्रम बढेको छ

रौतहटको बंकुल, गौर, महादेवापट्टी, बेलविछवा र औरहिया नाकाबाट साइकल र मोटरसाइकलमा सीमावर्ती शहरहरुबाट समानहरु खरीद गरी विनाभन्सार गौर, चन्द्रनिगाहपुर, शिवनगर, गरुडा, पिपरा, समनपुर, कटहरियालगायतका स्थानीय बजार र काठमाडौ, नारायणघाट, हेटौँडा लगायतका शहरहरुमा पुर्‍याइने गरेको छ । यसरी तस्करी गरेका खाद्यान्न सामग्री, कस्मेटिक समान, बहुमूल्य लत्तापकडा, काजु किसमिसलगायतका सामानहरु तस्करहरुले पुर्‍याएर बढी फाइदा कमाइरहेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

मधेस आन्दोलन लम्बिँदा र नाकामा जारी धर्नाले अधिकांश रौतहटका व्यापारीहरुले सीमावर्ती भारतीय शहरहरुबाट खरीद गरेका माल समानहरु गौर र अन्य भन्सारबाट ल्याउन नसक्ने वातावरण रहेको अवस्थामा तस्करी गरी ल्याएका समानहरु खरीद गरी उपभोक्ताहरुलाई बेच्ने गरेका छन् ।

बारामा रहेका मटिअर्वा, बलिरामपुरको मुसहर्वा नाका, सिम्रौनगढ, कबहीगोठ, कचोर्वा लगायतका नाकाहरुबाट पनि तस्करीका सामानहरु भित्रिने क्रम बढेको छ ।

मधेस आन्दोलनका कारण सुरक्षाकर्मीले चेकजाँचमा गर्दै आएको खुकुलोपनको फाइदा उठाउँदै तस्करीका सामान नेपाल भित्र्याउने कार्यमा तिव्रता दिएका छन् ।


लामो समयदेखिको आन्दोलन र नाकाको धर्नाले पसलहरुको अधिकांश मालसमान सिधिएको र तस्करीको माल समान खरिद गरी पसलबाट बिक्री नगर्ने हो भने, पसल नै बन्द गर्नुपर्ने अवस्था आएकाले दुई रुपैयाँ कमाउनका लागि तस्करबाटै माल समान खरिद गरी बिक्री वितरण गर्न बाध्य भएको वीरगन्जका व्यापारीले बताए

मटिअर्वा नाकाबाट धनीलाल साह, बलिरामपुर नाका मुसहर्वाबाट वीरगंज निवासी राजेश साह, कचोर्वा नाकाबाट मुन्ना जैसवालले भारतीय शहरहरुबाट किनेका खाद्यान्न सामग्री, लत्ताकपडा, र पेट्रोलियम पदार्थ बाराको कलैया, बरियारपुर, गंजभवानीपुर, जितपुर, सिमरा, कोल्हवी, निजगढसम्म पुर्‍याउने कार्य गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।

पर्साको इनर्वा, सिरसिया, भिस्वा, जानकीटोला, ठोरी नाकाबाट खाद्यान्न सामग्री, लताकपडा, पेट्रोलियम पदार्थलगायतका तस्करीका सामानहरु भित्र्याएर भण्डारण गरी देशका ठूला शहरहरु साथसाथै वीरगंज, निर्मलबस्ती, जीतपुर, सिमरा, लगायतका ग्रामीण भागमा रहेका बजारहरुमा पुर्‍याउने कार्यमा तस्करहरु सक्रिय रहेका छन ।

पर्साको इनर्वा, सिरसिया, भिस्वा, जानकीटोला, ठोरी नाकाबाट अहिले वीरगन्ज ईनर्वाका दुई दर्जन तस्करहरुले सीमावर्ती भारतीय शहरहरु रक्सौल, सिक्टा, मैनाटार, नरकटियागन्जबाट अहिले किराना समान, महँगो लताकपडा, कस्मेटिक समानहरु खरिद गरी भन्सारै नतिरी नेपाल प्रवेश गराएर स्थानीय बजारका व्यापारीहरुलाई बिक्री गर्ने गरेका छन् ।

ठोरी नाकाबाट अहिले दिनहुँ ठूलो मात्रामा पेट्रोलियम पदार्थ र कस्मेटिक सामाग्रीहरु सिधै चितवन पुग्ने गरेको प्रहरी श्रोतले जनाएको छ ।
बाराको सीमावर्ती भारतीय बजार आदापुर, छौडादानो, घोडासहन रौतहटको सीमावर्ती भारतीय बजार बैरगिनिया, चैनपुर, र पर्सा जिल्लाको भारतीय सीमावर्ती बजार रक्सौल, सिकटा, भिस्वा, मैनाटारबाट तस्कर समूहले चिनी, खानेतेल, किराना सामग्री, लत्ताकपडा, कस्मेटिक समान, पेट्रोलियम पदार्थ खरीद गरी नेपाल भित्रयाउँदा दोब्बर फाइदा कमाइरहेका छन् ।

आन्दोलनरत मोर्चामध्येका नेता तमलोपाका महामन्त्री जितेन्द्र सोनलले आन्दोलनका बेलामा तस्करी पनि साथसाथै भइरहेको बताउँदै कालोबजारी रोक्नका लागि मोर्चाले सामाजिकरुपमा छलफल गर्नुपर्ने बताए ।

सोनलले कानुनी स्तरमा तस्करी र कालोबजारीलाई सरकारले कारवाही गर्नुपर्ने भएकाले आन्दोलनमा मधेसी समुदाय कालो बजारीबाट पीडित हुँदा नराम्रो सन्देश गएको बताए ।

लामो समयदेखिको आन्दोलन र नाकाको धर्नाले पसलहरुको अधिकांश मालसमान सिधिएको र तस्करीको माल समान खरिद गरी पसलबाट बिक्री नगर्ने हो भने, पसल नै बन्द गर्नुपर्ने अवस्था आएकाले दुई रुपैयाँ कमाउनका लागि तस्करबाटै माल समान खरिद गरी बिक्री वितरण गर्न बाध्य भएको कुरा एकजना वीरगन्जका व्यापारीले बताए ।


नेपाली ८२ रुपैया पर्ने डिजेर नेपाल भित्राएर दुई सय प्रति लिटरमा समेत बिक्री बितरण भई रहेको छ

सीमावर्ती भारतीय बजारहरुमा खानेतेल रानी ब्राण्ड एक लिटरको नेपाली रुपैयाँ प्रतिलिटर एक सय ६० रुपैयाँ पर्ने गरे पनि बारा पर्सा र रौतहटको बजारमा भित्र्याउँदा अहिले दुई सय ४० रुपैयाँप्रति लिटरमा विक्री गर्ने गरेका छन् ।

भारतीय बजारहरुमा नेपाली ५० रुपैयाँ पर्ने प्रतिकिलो चिनी नेपाल भित्रयाउँदा प्रतिकिलो ७० रुपैयाँ समेत विक्री वितरण गर्ने गरेका छन् ।

भारतीय सीमावर्ती शहरहरुका पेट्रोलपम्पहरुमा नेपाली रुपैयाँप्रति लिटर एकसय १० रुपैयाँ पर्ने पेट्रोल नेपाल भित्र्याउँदा दुई सय रुपैयाँ लिटरभन्दा बढीमा विक्री वितरण गर्ने गरेका छन् ।

नेपाली ८२ रुपैया पर्ने डिजेर नेपाल भित्राएर दुई सय प्रति लिटरमा समेत बिक्री बितरण भई रहेको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बल बाराका प्रमुख प्रहरी उपरीक्षक मोहन सिंहले पहिलाको जस्तो निर्धक्करुपले कारवाही गर्न नसकिने अवस्था अहिले रहेको बताए । यद्यपि ठूलो मात्रामा कसैले तस्करी गरिरहेको थाहा पाए त्यसलाई कारवाही गर्न पछि नपर्ने उनले बताए ।

बाराका सशस्त्र प्रहरी उपरीक्षक जस्तै पर्सा र रौतहटको सीमा सुरक्षा बलका अधिकारीहरुले पनि तस्करीको माल समानहरु नियन्त्रण गर्न अहिले आन्दोलनले गर्दा असहज बातावरण भएको भन्दै पहिला जस्तो काम गर्न नसकिएको कुरा बताएका छन् ।- See more at:
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment