दाङ दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ४ को सनाखत

Advertisement

दाङको घोराही-तुल्सीपुर सडकखण्डको सौलीकुलामा स्कुल बस र माइक्रोबस ठोक्किँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । मृतकमध्ये चार जनाको मात्रै सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सनाखत हुनेहरुमा रा १ ज ३७२ नम्बरको माइक्रोबस चालक धनबहादुर थापा, सल्यानका विष्णु विष्ट र हेमन्त विष्ट तथा दाङ नारायणपुरका सवनम अन्सारी रहेका छन् । अन्य तीन जनाको सनाखत भएको छैन । शवहरु राप्ती उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।

रा १ क ९९१ नम्बरको स्कुल बस र रा १ ज ३७२ नम्बरको माइक्रोबस बुधबार विहान एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा २९ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बाक्लो हुस्सु लागेका कारण नदेखेर दुई सवारी साधन आपसमा ठोक्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।-
<
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment