


सो देशले बुधबार उक्त परीक्षण गरेको र सो परीक्षण सफल रहेको जानकारी दिएको जनाइएको छ । बुधबार बिहान ठीक १० बजे सो परीक्षण गरेको र सो सफल भएको उत्तर कोरियाका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
त्यहाँका सरकारी सञ्चारमाध्यमहरुले यस परीक्षणबाट उत्तर कोरिया वास्तविक आणविक शस्त्र मुलुकमा प्रवेश हो भन्ने कुरा प्रमाणित भएको जनाइएको छ ।
उक्त परीक्षण सफल भएको सरकारी जानकारीपछि विश्वका नेताहरुको विभिन्न प्रतिक्रिया आएको छ । उनीहरुले निशस्त्रिकरणका लागि गरिएको आग्रहका विरुद्ध उत्तर कोरियाले आणविक परीक्षणलाई अघि बढाएको भन्दै विरोध गरेका छन् ।
सो परीक्षणको समयमै कोरियाली प्रायद्वीपमा भूकम्पको धक्का पनि महसुश गरिएको जनाइएको छ ।अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले त्यसै समयमा ४.९ रिक्टर स्केलको भूकम्पको धक्का रेकर्ड गरेको थियो ।
सोही बमको परीक्षणका कारण उत्पन्न भएको धक्काबाट पृथ्वीमा सो कम्पन आएको हो वा होइन भन्ने बारेमा भने उक्त संस्थाले केही बताएको छैन । रासस/सिन्ह्वा - See more at



0 comments:
Post a Comment