काठमाडौँ, १५ माघ ।
१२ वैशाख ०७२ मा बारपाक केन्द्र बनाएर आएको भुइँचालोले भक्तपुर दरबार क्षेत्र ध्वस्त बनायो । मूलढोकाछेउमै रहेको श्याम अवालको घर छिनमै धुलो भयो । ट्रकड्राइभर श्याम ड्युटीमै थिए, श्रीमती रश्मिला पसल गएकी थिइन् । नौ वर्षकी सोनिया र चार महिनाका सोनिस भग्नावशेषमा पुरिए ।
दुई घन्टापछि सोनियाको उद्धार भयो, तर २२ घन्टासम्म घरको भग्नावशेषभित्र पुरिएका सोनिसको जीवितै उद्धार भयो । अवाल परिवारको खुसीमा विश्व नै चकित भयो । तर, दुर्भाग्य १ नक्कली भूकम्पपीडितलाई रकम दिने सरकारले अवाल परिवारसाग घर भत्किएको प्रमाण मागिरहेको छ । प्रमाण जुटाउन नसक्दा अवाल परिवारले राहत पाउन सकेको छैन । ‘भूकम्पले घर ध्वस्तै भयो । बनाउन पैसा छैन । डेरामा छौँ । तर, खर्च कसरी चलाउने ? भूकम्पपीडितका नाममा सबैले राहत पाए । तर, हामीले पाएनौा,’ भक्तपुर ब्यासीको महाकालीस्थानस्थित साँघुरो कोठामा भेटिएकी सोनिसकी आमा रश्मिलाले भनिन् ।
भक्तपुर मूलढोकाका पुराना बासिन्दा हुन्, उनीहरू । मूलढोका टोलमै बसेको पुस्तौँ भयो । तर, उनीहरूसँग लालपुर्जा थिएन । सरकारले लालपुर्जाकै आधारमा भूकम्पपीडित परिचयपत्र दिने गरेको छ । लालपुर्जा नभएपछि उनीहरूको घर थियो भन्ने नै प्रमाण जुटेन । घर थियो भन्ने प्रमाण नभएपछि भत्कियो भनेर राहत दिन नमिल्ने स्थानीय प्रशासनको जिकिर छ ।
त्यसो त घरजग्गा नै नभएका सुकुम्बासीले पनि राज्यको स्रोतमा अधिकार राख्छन्, उनीहरूप्रति पनि सरकारको दायित्व हुन्छ । तर, यत्रो प्राकृतिक विपत्तिमा परेको परिवारको घर भत्किएको देख्दादेख्दै पनि सरकारले लालपुर्जालाई मात्र आधार बनाउन खोजेको छ । ‘लालपुर्जा भएकालाई मात्रै परिचयपत्र दिने रहेछ । हामीसँग पुर्जा नै छैन । पुस्तौँ बित्यो यही ठाउँमा बसेको । तर, बाउबाजे कसैले पनि पुर्जा बनाएका थिएनन् । त्यसको मारमा हामी पर्यौँ । अब के गर्ने केही थाहा छैन,’ रश्मिलाले भनिन् ।
सरकारले भूकम्पपीडित परिचयपत्रका आधारमा प्रत्येक परिवारलाई पहिलो चरणमा १५–१५ हजार वितरण गरिसकेको छ भने न्यानो राहत भन्दै दोस्रो चरणमा १०–१० हजार बााडिरहेको छ । तर, भूकम्पपीडितको परिचयपत्र नभएकाले अवाल परिवारले राहत पाएन ।
वास्तविक पीडितभन्दा पनि नक्कली पीडितहरूले सरकारी राहत पाएको भेटिएको छ । तर, अवाल परिवार भने वञ्चित छ । ‘भूकम्प गएको १० महिना बितिसक्यो । तर, हामीसँग परिचयपत्र छैन ।
परिचयपत्र भएकालाई मात्रै राहत दिने रहेछ । हामीसँग नभएकाले पाएनौँ । नक्कली भूकम्पपीडितले समेत राहत लिएको मैले देखेँ । हामी वास्तविक पीडितले नपाउँदा साह्रै दुस्ख लागेको छ,’ रश्मिलाले भनिन् । परिचयपत्र प्राप्त गर्न अवाल परिवार पटक–पटक स्थानीय प्रशासनमा धायो । हाकिमसँग हारगुहार गरे । परिस्थितिबारे बेलिविस्तार लगाए । तर, परिचयपत्र पाएनन् । ‘परिचयपत्र बनाउन धेरैपटक वडा कार्यालय पुग्यौँ । हाकिमसँग हारगुहार गर्यौँ । समस्याबारे जानकारी गरायौँ । तर, केही सीप लागेन,’ रश्मिलाले भनिन् ।
सेनाले उद्धार गर्दा सोनिसको आँखीभौँसमेत धुलोले छोपिएको थियो । नौ महिना दुई दिनपछि बिहीबार हामी पुग्दा उनको अनुहारमा चमक थियो । ढलेको घर उस्तै छ । तर, १३ महिनाका सोनिस उभिन थालेका छन् । २२ घन्टा ढुंगामाटोले पुरिएका सोनिस उद्धारपछि पनि कैयौँ दिनसम्म राति झस्किन्थे । तर, समय बित्दै जाँदा उनी मानसिक रूपमा पनि स्वस्थ छन् । उनको जीवनलाई धेरैले चमत्कार मान्छन्, भेटेजतिले हातहातै लिन खोज्छन् । त्यसैले सोनिस जोसाग पनि घुलमिल हुन रुचाउँछन् । क्यामेराको बानी परेको छ, देख्नासाथ मुस्कानसहित पोज दिन्छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।- See more at
0 comments:
Post a Comment