Malaysia, Nepal signs, first line, the second Saudi

Advertisement

नेपालको ३५ प्रतिशत रेमिट्यान्सको स्रोत मुलुक मलेसिया नेपालीको प्रमुख श्रम गन्तव्य बन्ने दौडबाट तेस्रोमा झरेको छ । मलेसियामा आर्थिक मन्दी देखिएसँगै कतार र साउदीमा बढी नेपालीहरु जान थालेको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक वर्षको सुरुवाती ५ महिनामा मलेसिया जाने नेपाली कामदारको संख्या झण्डै ३ गुणाले घटेको छ । केही वर्षदेखि नेपालीको मुख्य रोजगार गन्तव्यका रुपमा स्थापित भएको मलेसिया यो वर्ष तेस्रो गन्तव्यस्थल बनेको छ ।
साउनदेखि मंसिरसम्म ५४ हजार १ सय कामदार लगेको कतार पहिलो श्रम गन्तव्यका रुपमा देखिएको छ भने ५३ हजार ७ सय कामदार लगेको साउदी अरेबिया दोस्रो मुख्य श्रम गन्तव्य बनेको छ ।
महिनामा औषत २० हजार कामदार जाने मलेसियामा अहिले ६ हजारमा झरेको छ । गत वर्ष साउनदेखि मंसिरसम्म एक लाख ६ सय कामदार मलेसिया गएकोमा यो वर्ष यही अवधिमा ३१ हजार दुई सय जनामा सीमित भएको छ ।
समीक्षा अवधिमा अघिल्लो वर्षभन्दा यो वर्ष मलेसिया जाने कामदारको संख्या ६९ हजार ४ सय जना कम छ ।
साउनदेखि नै मलेसिया जाने कामदारको संख्यामा निरन्तर गिरावट जारी छ । मंसिरमा ९ हजार ५ सय कामदार मलेसिया गएकोमा भदौमा घटेर ६ हजार ७ सयमा आएको थियो ।
असोज र कात्तिकमा पनि मलेसिया जानेको संख्या घट्ने क्रम जारी रह्यो । असोज महिनामा ५ हजार ९ सय कामदार मलेसिया जाँदा कात्तिकमा ३ हजार १ सयमा सीमित बन्न पुग्यो ।
मंसिर महिनामा भने मलेसिया जान श्रम स्वीकृति लिनेको संख्या सामान्य बढेर ५ हजार ५ सय पुग्यो । तर, अघिल्लो वर्षको मंसिरकै तुलनामा यो संख्या झण्डै १६ हजारले कम हो । गत मंसिरमा २२ हजार कामदार मलेसिया गएका थिए ।
किन घट्यो मलेसिया जाने संख्या ?
सरकारले मलेसिया जान अनिवार्य रुपमा फ्री भिसा र फ्री टिकेटको हुनुपर्ने कारण मलेसिया जानेको संख्या घटेको म्यानपावर व्यवसायी बताउँछन् ।
मलेसियाले आफ्ना कम्पनीलाई तोकिएका जुनसुकै मुलुकबाट आफूलाई सहज हुने गरी कामदार ल्याउन सक्ने व्यवस्था गरेकाले पछिल्ला समयमा नेपाली कामदारको माग निकै घटेको वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङले बताए ।
फ्री भिसा र फ्री टिकट दिनुपर्ने भएपछि कम्पनीहरुले अन्य देशबाट बढी कामदार लिन थालेका छन्’ तामाङले भने- ‘कम्पनी र तिनका एजेन्टहरु जता फाइदा हुन्छ, त्यतैबाट कामदार ल्याउँछन् । उनीहरुलाई भिसा र टिकट दिएर नेपाली कामदार नै लैजानुपर्ने कुनै कारण नै छैन ।’
मलेसिया जाने कामदार घट्नुमा त्यतिमात्रै कारण छैन् । पछिल्लो समयमा मलेसियामा भौतिक तथा आर्थिक असुरक्षा बढेको छ । मलेसियामा थुप्रै नेपालीहरु लुटेरा समूहको आक्रमणमा परेका छन् ।
यस्तै मलेसियामा काम गर्ने नेपालीहरु धेरै कम्पनीबाटै ठगिएका धेरै घटनाहरु सार्वजनिक भएका छन् । त्यसैका कारण पनि बुझेका युवा सकेसम्म मलेसिया नजाने मनस्थितिमा देखिने गरेको व्यवसायी तामाङले बताए ।
मलेसिया जाने कामदार घट्नुमा पछिल्लो समयमा मलेसियमा छाएको आर्थिक मन्दी र मुद्राको अवमूल्यन पनि प्रमुख कारण हो ।
‘मलेसियामा आर्थिक मन्दी छ । त्यसैका कारण कामदार पनि अन्य देश डाइभर्ट भएका छन्’ इन्टरनेशनल मनी एक्सप्रेस (आइएमई) का प्रमुख कार्यकारी अधिकृत पोखरेलले अनलाइनखबरलाई भने- ‘मुख्य गरी मलेसियन रिंगेट कमजोर बन्दा पनि रेमिट्यान्समा त्यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ ।’
रेमिट्यान्स प्रभावित हुने
पछिल्लो समयमा मलेसियबाट भित्रने रेमिट्यान्स घट्दोक्रममा जाने संकेत देखिएको उनले जानकारी दिए । तत्काल रेमिट्यान्समा ठूलो प्रभाव परेको नदेखिए पनि मलेसियामा कामदार घट्दै जाँदा त्यसको असर भविश्यमा ठूलो देखिने पोखरेलले बताए ।
दुई वर्षअघि भन्दा अहिले मलेसियाली रिंगेटको नेपाली सटही दर १० रुपैयाँ तल झरेको छ । नेपाल राष्ट्र बैंकले
सोमबारका लागि रिंगेटको खरिद दर २४ रुपैयाँ ५२ पैसा कायम गरेको छ । दुई वर्षअघि एक रिंगेटको मूल्य नेपालमा ३२ रुपैयाँ थियो ।
विनिमयदर घटेको र आर्थिक मन्दीका कारण तलब पनि बढ्न नकसकेका कारण रेमिट्यान्स रकम पनि घटिरहेको छ ।
नेपालले सबैभन्दा बढी रेमिट्यान्स रकम मलेसियाबाटै भित्र्याउने गरेको थियो । यो वर्ष मलेसिया जाने कामदारको संख्या घट्दा अब रेमिट्यान्समा पनि त्यसको प्रत्यक्ष प्रभाव पर्नेछ । झण्डै ६ खर्ब रेमिट्यान्स भित्राइरहेको नेपाललाई मलेसियाको श्रम बजारबाट ३५ प्रतिशत रकम आउने तथ्याङ्क छ ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा रेमिट्यान्सको हिस्सा झण्डै २८ प्रतिशत छ । नेपालको ब्यापार घाटालाई रेमिट्यान्सले नै पूर्ति गर्दै आएको छ ।
चालु आर्थिक वर्षमा कामका लागि विदेशिनेको संख्यामा झण्डै ५० हजारले घटेको छ । अघिल्लो वर्षको पहिलो ५ महिनासम्म २ लाख २५ हजार कामदार बाहिरिएकोमा यो वर्ष १ लाख ७४ हजार कामदार विदेशिएका वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।- See more at: 
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment