१३ पुस, जनकपुरधाम । निरन्तर पाँच महिनादेखि आन्दोलनरत मधेस केन्द्रित दलको आन्दोलन पछिल्लो दुई दिनदेखि पुनः उग्र बनेको छ । सदभावना पार्टीर्का अध्यक्ष राजेन्द्र महतोमाथि प्रहरीले गरेको लाठीचार्ज विरुद्ध जनकपुरमा भइरहेको प्रदर्शन उग्र बनेको छ ।
संयुक्त लोतान्त्रिक मधेसी मोर्चा सहित मधेस केन्द्रित दल तथा संघसंगठनले जानकी प्रहरी चौकीमा पेट्रोल बम प्रहार गरेका छन् । चौकीमा बम प्रहार भएपछि प्रहरीले आधा दर्जन सेल अश्रुग्यास फायर गरेपछि प्रहरी र आन्दोलनकारीहरु बीचको झडप झन् आक्रामक बनेको छ । आन्दोलनकारी र प्रहरी एक अर्का बीच ढुंगामुडा गरिरहेका छन् । जसको कारण यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । प्रहरीको आक्रमणबाट एक जना आन्दोलनकारी गम्भिर घाइते भएका छन् । बेनेको हो ।
पत्रकार पक्राऊ
प्रहरी र आन्दोलनकारी बीचको अवस्था असामान्य बन्दै गएपछि घटनास्थलमा पुगेका तीन संचारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अभिलाप दैनिकका रामहृदय यादव, अप्पन टिभीका राकेश मिश्र र रिकी साहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । महतोमाथिको आक्रमण विरुद्ध आन्दोलनमा उत्रेका १२ प्रदर्शनकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
मोर्चा र मधेस क्रान्ति संघर्ष समितिले जनकपुर-ढल्केवर सडक खण्डको लक्ष्मीनियाँमा प्रदर्शन गर्दै एक दर्जन सवारीसाधन तोडफेाड गरेको छ । बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरुले ज ४ प ७०८८, ज ४ प ६८४५, ज ५ प २८१३, ना ३२ प ८४३१ नम्बर सहित एक दर्जन भन्दा बढी सवारीसाधन तोडफोड गरेका हुन् । अन्य सवारीसाधानको नम्बर खुल्न सकेको छैन ।
उनीहरुलाई अविलम्ब रिहा गर्नुपर्ने माग गर्दै संयुक्त लोकतान्त्रिक माधेसी मोर्चा सहित मधेस केन्द्रीत दलहरु विहानैदेखि जनकपुरमा प्रर्दशन गर्दै छन् । प्रदर्शनको कारण जनकपुर बजार, शिक्षण संस्था, कलकारखाना,उद्योग यातायात पूर्णरुपमा ठप्प छ ।- See more at:
0 comments:
Post a Comment