भूकम्प र नाकाबन्दीले असर नपारेको यो व्यापार, जसले घाम ताप्ने वाहना बनाइदिएको छ (भिडियो सहित

Advertisement

बैशाखमा गएको शक्तिशाली भूकम्प र भारतीय नाकाबन्दीका कारण मुलुकभर विभिन्न बस्तुको चरम अभाव छ । व्यापार व्यवसाय चौपट भएको व्यापारी बताउँछन् । राजधानी सहित मुलुकभर चिसो पनि बढिरहेको छ । तर, यही बेला खुला चौरमा घाम ताप्ने र घाममा बसूँञ्जेल समय कटाउने उपाय बनेको छ– बदाम, सुन्तला खाने । यसैको व्यापारलाई न त भूकम्पले असर गरेको छ न नाकाबन्दीले छोएको छ ।
काठमाडौंको टुंडिखेल, वसन्तपुर, शान्तिबाटिका, पशुपतिको कैलाश डाँडा लगायतका खुला स्थानमा बदाम र सुन्तलाको राम्रै व्यापार हुने गरेको छ । चिसो छल्न खुला ठाउँ पुगेका मानिसहरु पनि बदाम खाँदै गफिएका देखिन्छन् । यी स्थानमा झुण्ड झुण्ड रुप बसेका उनीहरु बदाम तथा सुन्तला खाएर आपस भलाकुसारी गरेको देखिन्छन् ।
ठूलो लगानी गर्नु नपर्ने तर राम्रो आम्दानी हुने बदाम व्यापार जुनसुकै उमेर समूहकाले गर्न सक्ने भएकाले होला खुला चौरमा बालबालिका देखि बृद्धबृद्धाहरु यसको व्यापार गरिरहेको देखिन्छ ।
काममा निस्केकाहरु कसैलाई पर्खनु पर्यो या त काम नै ढिलो हुने भए घाम तापौं र बदाम खाऔं भन्दै ति स्थानमा गएर बसेका हुन्छन् । घाम ताप्ने वाहना बदामले बनाइदिएको बदाम खाँदै घाम तापिरहेकाहरु बताउँछन् ।- See more at
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment