The officials began to investigate irregularities in Lumbini

Advertisement

१३ पुस, भैरहवा । लुम्बिनी विकास कोषमा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ ।
कोषका कर्मचारीले कोषको परिसरमा वर्षौंदेखि थन्काएर राखेको ट्याक्टरको नाममा इन्धन लिई सरकारी रकम अनियमितता गरेकोबारे अनलाइनखबरमा समाचार प्रकाशित भएपछि अख्तियारको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको सम्पर्क कार्यालय बुटवलले छानबिन सुरु गरेको हो ।
‘कोषमा भएको अनियमितताबारे समाचार आएपछि हामीले छानविन सुरु गरिसकेका छौं,’ अख्तियारको बुटवल सम्पर्क कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक उमेशराज जोशीले अनलाइनखबरसँग भने, ‘सरकारी रकम अनियमितता गरेको प्रमाणित भए जोसुकै भएपनि त्यसलाई कारवाही हुनेछ ।’
बन्दमा पनि अनुगमन
मधेस आन्दोलन र नाकाबन्दीको समयमा पनि अख्तियारको सम्पर्क कार्यालय बुटवल सक्रिय छ । मधेस आन्दोलन र बन्दका कारण चार पाङ्ग्रे गाडीहरु नचले पनि अख्तियारका कर्मचारीहरुले मोटरसाइकल चढेर विभिन्न कार्यालयहरुको निरीक्षण अनुगमन गरिरहेका छन् ।

‘मधेस आन्दोलनको समयमा आन्दोलनको समस्या देखाएर पनि भ्रष्टाचार हुने सक्ने भएकाले मोटरसाइकल चढेरै टाढा-टाढासम्म पुगेर अनुगमन जारी राखेका छौं,’ प्रमुख जोशीले भने ।

त्यस्तै विभिन्न कार्यालयमा भएको भ्रष्टाचारविरुद्ध परेको उजुरीको समेत अध्ययनन भइरहेको उनले जानकारी दिए । अख्तियारले दिनहुँजसो अनुगमन टोली खटाउने, भ्रष्टाचार भएको भनेर उजुरी र गुनासा आएका विभिन्न कार्यालयहरुबाट नियन्त्रणमा लिइएका कागजपत्रहरु अध्ययन गर्ने गरिरहेको उनले बताए ।

आन्दोलनको समयमा अख्तियारको बुटवल कार्यालयले लुम्बिनी अंचलको रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, अर्घाखाँची र गुल्मी जिल्लाको विकट स्थानहरुमा पनि स्थलगत अनुगमन भइरहेको अख्तियारको सम्पर्क कार्यालय बुटवलले जनाएको छ ।

- See more at: http://www.onlinekhabar.com/2015/12/368269/#sthash.MFnP8zaU.Nt4wub54.dpuf
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment