Advertisement
पुस– वीरगञ्ज नाकामा लामो समयदेखि रोकिएर राखिएका ग्यास बुलेटलाई रि–रुट गरेर नेपाल ल्याउन भारतले अनुमति दिएको छ । नेपाल आयल निगमले लामो समयदेखि थालेको प्रयासलाई भारतले सकारातमक रुपमा लिँदै सो अनुमति दिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले काठमाण्डु टुडेलाई जानकारी दिए । रक्सौलमा रोकिएका दुई सय ५० मध्ये ८५ बुलेटलाई सुनौली नाका हुँदै नेपाल भित्राउने अनुमति पाएसँगै आजैबाट सो प्रक्रिया सुरु हुने घिमिरेले बताए । उनका अनुसार ती ग्यासका बुलेट एक हप्ताभित्रै नेपाल आइपुग्ने छ । हाल काठमाण्डुको संकट टार्न करिब ४० बुलेट ग्यास आवश्यक छ । ८५ बुलेट ग्यास नेपाल भित्रिएमा नेपालको तत्कालिन संकट समाधान हुने छ ।
Advertisement
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment