


काठमाडौँ, २२ पुस । नेकपा (एमाले)को भातृ संगठन युवा संघ नेपालले सरकारको विरोधमा आन्दलोलन सुरु गरेको छ । युवासंघले कालोबजारी र बढ्दो महंगीविरुद्ध देशव्यापी आन्दोलन सुरु गरेको हो ।
बुधबार युवा संघले नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । पेट्रोलियम पदार्थमा भैरहेको कालोबजारी नियन्त्रण गर्न माग गर्दै युवा संघले बबरमहलस्थित केन्द्रीय कार्यालय घेराउ गरेको हो ।
घेराउ कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले पेट्रोलियम पदार्थमा भइरहेको चरम कलोबजारी नियन्त्रण गर्न माग गरे । नाकाबन्दीको बहानामा उपभोक्ता ठग्ने, पेट्रोल, ग्यासको कालोबजारी गर्ने कार्य तत्काल बन्द आग्रह गरे ।
अध्यक्ष पहारीले तत्काल कालोबजारी नियन्त्रण गर्न सरकारको समेत ध्यानाकर्षण गराए । आपूर्ति मन्त्री गणेशमान पुनलाई लक्षित गर्दै आन्दोलनबाट स्थापित व्यक्तित्व अहिलेका आपूर्तिमन्त्री छन् । जनयुद्धकालमा जुवातास खुवाउने वाइसियलका इन्चार्ज (आपूर्तिमन्त्री पुन) अहिले यत्रो भ्रष्टाचार हुँदा केही नबोल्ने ? उनकै कार्यकालमा कालोबजारी भएको छ । तत्काल छानविन गरियोस् र दोषीलाई कारवाही गरियोस् ।
अध्यक्ष पहारीले आयल निगमबाटै कलोबजारी भइरहेको आरोप लगाए । ‘सरकारको निकाय आयल निगमबाटै कालोबजारी भएको प्रमाण हामीले फेला पारेका छौ । दोषीलाई तुरुन्त कारवाही होस्,’ उनले भने–‘सरकारले कारवाही नगरे हामी एक एकको पहिचान गरी कारवाही गर्छौ र कानुनको जिम्मा लगाउँछौं ।’



0 comments:
Post a Comment