परराष्ट्रमन्त्री थापाको घोषणा : प्रधानमन्त्रीको पहिलो भ्रमण भारत नै

Advertisement


उपप्रंधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले चीनभन्दा पहिले भारतको भ्रमण गर्ने घोषणा गरेका छन् ।

भारतले पहिले निमन्त्रणा गरेकाले पहिलो भ्रमण पनि त्यहीँ हुने र त्यसपछि मात्रै चीन जाने मन्त्री थापाले जानकारी दिएका छन् ।

‘दुवै देशतिर भ्रमणको तयारी छ,’उपप्रधानमन्त्री थापाले रिपोर्टर्स क्लवमा बुधबार पत्रकारहरुसित भने, ‘तर प्रधानमन्त्री भएलगत्तै भारतबाट निमन्त्रण आएकाले पहिलो भ्रमण त्यहीँ हुनेछ ।’ उनले भ्रमण मिति तय नभइसके पनि फेबु्रअरीको दोस्रो सातातिर हुन सक्ने बताए ।

केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर भ्रमणको निम्तो दिएका थिए । प्रधानमन्त्री ओलीले भने भारतीय नाकाबन्दी जारी रहँदासम्म भारत नजाने अडान लिँदै आएका छन् ।

नाका सुचारु भइसकेको दाबी

परराष्ट्रमन्त्री थापाले वीरगञ्जबाहेक सबै नाकाहरुमा आपूर्ति सूचारु भइसकेको बताए । वीरगञ्जमा नेपालतर्फकै अवरोधका कारणले नै आपूर्ति अवरुद्ध रहेको समेत उनले दाबी गरे । मन्त्री थापाको यस्तो भनाइले अब भारतको तर्फबाट नाकाबन्दी छैन भन्ने देखाएको छ ।

सीमांकनका लागि कार्यदल र ११ बुँदे माग सम्वोधनको खाका तयार भइसकेपछि वीरगञ्ज नाका पूर्णरुपमा सञ्चालनमा आउने उपप्रधानमन्त्री थापाको भनाइ छ ।
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment