Google hidden romantic 'search' options

Advertisement

कुनै जानकारी खोज्न हामी गुगल सर्च बक्सको प्रयोग गर्छौ। गुगल सर्चका केही यस्ता तरिका छन् जस्ले हाम्रो काम अझै सजिलो र रोमान्चक बनाउँछ। जानौँ गुगलमा लुकेका केही तरिकाहरुः

सर्च बक्सलाई क्याल्कुलेटर बनाउनेः
गुगल सर्च बक्सलाई क्याल्कुलेटर बनाउन सकिन्छ। सर्च बक्समा गएर आफूले हिसाब गर्नुपर्ने कुरा लेख्नु पर्छ। यसपछि खोजेको हिसाब प्राप्त हुनुका साथै क्याकुलेटर पनि खुल्छ।

गुगलमा टाइमर सेट गर्नः
सर्च बक्समा गएर ‘टाइमर’ (Timer) टाइप गर्ने र इन्टर थिच्ने। यदि कुनै समयको टाइमर सेट गर्नुछ भने उक्त समयको टाइम सेट गर्ने। जस्तै १ मिनेट २५ सेकेन्डको टाइमर सेट गर्नु परेमा सर्च बक्समा गएर set timer 1 minute 25 seconds.

विभिन्न खानाको न्युट्रिशनल कम्पोजिसन (Nutritional Composition) हेर्नः
कुनै खानाको न्युट्रिशनल कम्पनेजिशन चेक गर्नु परेमा उक्त खानाको नाम सर्च बक्समा लेख्ने। जस्तैः potato vs tomato गरेपछि दुवै तरकारीको न्युट्रिशनल कम्पनेजिशन थाहा पाउन सकिन्छ।

जनसङ्ख्याको ग्राफ थाहा पाउनः
कुनै पनि देशको जनसङ्ख्याको ग्राफ सहित जानकारी चाहिएमा सर्च बक्समा गएर population र उक्त देशको नाम लेख्ने। जस्तै नेपालको जनसङ्ख्या थाहा पाउन PopulationNepal टाइप गर्ने।

सुर्योदय र सुर्यास्तको समय थाहा पाउनः
कुनै पनि देशको सुर्योदय र सुर्यास्तको समय थाहा पाउन सर्च बक्समा sunrise वा sunset का साथ उक्त देशको नाम लेख्ने।

नम्बरलाई टेक्सटमा बदल्नः
कुनै पनि सङ्ख्यालाई टेक्सटमा बदल्न सर्च बक्समा गएर टेक्सटमा बदल्न चाहेको सङ्ख्या र in english लेख्ने। जस्तै 44563 in english लेख्ने।
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

1 comments: