Prime Minister of India, the Indian ambassador told Baluwatar overnight into a strong message - See more at:

Advertisement

काठमाडौं, ९ माघ । मधेसको मुद्दा सम्बोधन गर्नका लागि प्रमुख तीन दलले आज संविधान संशोधन विधेयक पारित गर्ने तयारी गरेका छन् । आज हुने संशोधनपछि रक्सौल-बीरगञ्ज नाका खुल्ने कि नखुल्ने बारे निर्णय हुने छ । साथै आज नै संविधान संशोधनपछि प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण बारे मिति तय हुने भएको छ । संसदमा दुई तिहाई बहुमतले यदी संविधान संशोधन विधेयक पारित भयो भने आउँदो सोमबारदेखि रक्लौल–बीरगञ्ज नाका खुल्ने छ । शनिवार संशोधनपछि आईतबार सबै प्रक्रिया मिलाउने र सोमबारदेखि नाका सुचारू हुने जनाईएको छ । भारतमा आईतवार हप्ता विदा भएकोले गर्दा सोमबारदेखि नाका सुचारू गर्ने तयारी गरिएको छ । शुक्रवार साँझ भारतीय राजदूत रञ्जीत रेले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर यस्तो संकेत दिएका छन् । बालुवाटार स्रोतले दिएको जानकारी अनुसार भारतीय राजदूतले मधेशी मोर्चाको अधिकतम माग सम्बोधन हुने गरि परिमार्जनसहितको संविधान संशोधन मात्र भारतलाई मान्य हुने स्पष्ट पारेका थिए । राजदूत रेले परिमार्जनसहित संविधान संशोधन भए बीरगञ्ज–रक्सौल नाका तत्काल खोल्ने, आपूर्ति सहज गरिने र भारत भ्रमणको मिति पनि तत्काल तय गरिने आश्वासन दिएका थिए । भारतीय राजदूतले यसो भए मधेशी मोर्चालाई पनि आम हडताल र नाका अवरोध जस्ता कार्यक्रम फिर्ता लिन आफूले दबाब दिने बताएका थिए । - See more at
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment