


कोहलपुर, माघ ९ - दिदी बहिनीलाई होटलमा बन्धक बनाइ जर्वजस्ती देहव्यापारमा लगाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले जुम्ला सिँजाका दुई दिदी बहिनीलाई होटलमा बन्धक बनाई देहव्यापारमा लगाउने बाँके फत्तेपुरका ओमप्रकाश मल्ललाई पक्राउ गरी बेचबिखन मुद्दा चलाएको छ ।
कोहलपुर प्रहरी चौकीका डिएसपी राजीवबहादुर बस्नेतले डेढ महिना अघि जुम्लाबाट हराएका एकै घरका दुई दिदी बहिनीलाई मल्लले होटलमा बन्धक राखी परपुरुषसँग यौन व्यापारमा लगाउने र पैसा आफूँले लिने गरेको पाइएपछि मल्ललाई पक्राउ गरिएको बताएका छन् ।
डेढ महिना अघि युवतीका आफन्तले कोहलपुर प्रहरी चौकीमा उनीहरु हराएको निवेदन दिएपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो । खोनीका क्रममा जुम्लाबाट हराएका दिदीबहिनीमध्ये दिदीलाई कोहलपुरमा र बहिनीलाई नेपालगन्जको होटलमा बन्धक राखी यौन व्यवसायमा लगाएको भेटिएको बस्नेतले बताए ।
उनीहरुको खोजी गर्ने क्रममा प्रहरीले बिहिबार मल्ललाई कोहलपुरबाट पक्राउ गरेको थियो । डिएसपी बस्नेतले मल्ल पक्राउ परेपछि हराएका दिदी कोहलपुरबाट र बहिनी नेपालगन्ज बसपार्कको एक होटलबाट उद्दार गरिएको जानकारी दिए ।
मल्लले दिदी बहिनीको मोबाइल फोन नियन्त्रणमा लिई होटलभित्रै बन्धक बनाई केटाहरुसँग रकम असुली गरी यौन व्यवसायमा लगाएको पुष्टि भएको बस्नेतले जनाएका छन् ।
प्रहरीले उद्दार गरी दुई दिदी बहिनीलाई आफन्तको जिम्मा लगाएको बताउँदै आरोपित मल्ललाई भने मुद्दा दर्ता गरी नियन्त्रणमा राखेको जनाएको छ । - See more at



0 comments:
Post a Comment