Teen sex, sexual disease risk Life

Advertisement

। पछिल्लो समय यौनका विषयमा युवा युवतीहरु खुल्न थालेका छन् । यौनलाई सामान्यरुपमा लिन थालिएको छ नेपालकै सन्दर्भमा पनि । तथापि विभिन्न ठाउमा यौन शोषण र यौन कुण्ठाका विभिन्न घटनाहरु सार्वजनिक भैरहेकै छन् । यहि समय यौनका विषयमा नयाँ तथ्य सार्वजनिक भएको छ । एक अध्ययनका अनुसार किशोर–किशोरी यौनजन्य रोगको संक्रमणको उच्च खतरामा हुने बताएको छ । सानै उमेर यौन सम्बन्ध राख्ने युवायुवती बढी यौन रोगको जोखिम र संक्रमणमा रहेको अध्ययनले देखाएको हो ।
उनीहरुमा गोनोरिअ, साइफिल्स, चाल्माइडिया, एचआईभी लगायत अन्य संक्रमण हुने अध्ययनमा उल्लेख छ । यौन सम्पर्कबाट सर्ने सरुवा रोग विश्वव्यापी रुपमा नै चिकित्सकीय र मनौवैज्ञानिक समस्या हुन् । ‘सानो उमेरमा नै यौन सम्पर्कको लागि पहल गर्नाले एसटीआइको वृद्धि देखाउँछ’, अनुसन्धानकर्ताहरुले भने । ‘जब उमेरको अन्तर घट्छ एसटीआईको खतर झनै बढ्छ । पहिलो यौन सम्पर्कको समयलाई ख्याल गर्न हाम्रो अध्ययनले सुझाब दिएको छ ,’ अध्ययनमा भनिएको छ । अध्ययनका लागि सिउलस्थित योन्सी युनिर्भ्सिटीका अनुसन्धानकर्ताहरुले कोरियाली राष्ट्रिय सर्वेक्षणको तथ्यांकको प्रयोग गरेका थिए । कोरियाली रोग नियन्त्रण तथा उपचारात्मक केन्द्रले वार्षिक रुपमा कोरियाली युवाहरुको खतरनाक स्वभाव बारे वार्षिक अध्ययन गर्छ । सोही अध्ययनका आधारमा प्राप्त तथ्यांकका आधारमा अनुसन्धानकर्ताहरु यस्तो निस्कर्षमा पुगेका हुन् । सानै उमेरमा यौन सम्पर्क गरेका २२ हजार ३ सय ८१ किशोर किशोरीको यौन अनुभवलाई अध्ययनमा विश्लेषण गरिएको थियो । करिब ७ दशमल ४ प्रतिशत किशोर र ७ दशमलब ५ प्रतिशत किशोरीले एसटीआई भएको बताएका थिए ।

जति सानो उमेरमा यौन सम्पर्क हुन्छ त्यति नै एसटीआईको खतरा भएको उनीहरुको अनुभवले देखाएको थियो । १२ कक्षामा यौन सम्पर्क गर्ने किशोर किशोरीको तुलनामा सात कक्षमा अध्ययन गर्ने किशोर किशोरीमा यौन सम्पर्क गर्नेमा एसटीआईको बढी खतरा भएको युथ हेल्थ म्याग डटकमले जनाएको छ । अध्ययनको नतिजालाई जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित गरिएको छ ।- See more at:
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment