Banga Bandhu Gold: Lie 3 goal swung to Nepal Bahrain | Rea

Advertisement


काठमाडौँ, ८ माघ । बहराइनलाई तीन शुन्यको गोलले हराउँदै नेपाल १७ वर्षपछी बङ्गबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पिय बन्यो ।

बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु राष्ट्रिय रङ्गशालामा भइरहेको खेलको पहिलो हाफ सकिदासम्म नेपाल १–० गोलअन्तरले अगाडि रहेको छ ।

खेल सुरुवातदेखि निकै आक्रामक शैलीमा उत्रिएको नेपालले चौथो मिनेटमा नै पहिलो गोल ग¥यो । नेपालका स्ट्राइकर विमल घर्तीमगरले विराज मर्हजनको क्रसमा अन्जन विष्टले हेड गरेको बललाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

नेपाल २३ वर्षपछि उपाधि जित्ने दाउमा छ । यसअघि बङ्गलादेशको ढाकामा सन् १९९३ मा भएको छैटौ दक्षिण एसियाली खेलकुद (साग)मा सोही मैदानमा जितेको उपाधिबाहेक अहिलेसम्मको खेलमा नेपालले उपाधि जित्न सकेको छैन ।

त्यसैगरी अन्तराष्ट्रियस्तरको प्रतियोगितामा नेपाल १७ वर्षपछि पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनल खेल खेलेको थियो ।

सोही प्रतियोतिगाको सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै फाइनल चरणमा आफ्नो यात्रा सुनिश्चित गरेको हो । लिग चरणको दोस्रो खेलमा पनि नेपाली टोलीले श्रीलङ्कालाई हराउँदै करिब २८ महिनापछि जितको खडेरीलाई तोडेको थियो ।

सो अवधिसम्म करिब १२ खेल खेलेको नेपालले कुनै पनि खेलमा जित हासिल गर्न सकेको थिएन । लगातार १० खेलमा न त जित नै हासिल गर्न सकेको थियो न त गोल नै ।

यसअघि समूह चरणमा तीन खेल खेलेको नेपालले पहिलोे मलेसिया र तेस्रो बङ्गलादेशविरुद्वको खेलमा गोलरहित बराबरी खेलेको थियो । - See more at
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment