The leopard skin and two arrested haddisahita

Advertisement

चितुवाको छाला र हड्डी अवैधरुपमा घरमा लुकाई राखेको अवस्थामा दुई जनालाई सामानसहित नेपाल प्रहरीले पक्राउ गरेकोे छ ।

उनीहरुबाट डडेल्धुराको आलीताल गाविसमा घरमा लुकाई राखेको चितुवाको छाला र हड्डी बरामद गरेको प्रहरी नायब उपरीक्षक विपिन कर्माचार्यले जानकारी दिए। चितुवाको छाला ठूलो – लम्बाई सात फिट, चौडाइ दुई फिट, दुई इञ्च, सानो – लम्बाइ ६ फिट चार इन्च, चौडाइ एक फिट १० इञ्च र हड्डी ठूलो ४१ र सानो १२३ पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी गराएको छ।

इलाका प्रहरी कार्यालय जोगबुढाबाट अनुसन्धानमा खटिएको टोलीले आलीताल–९ बस्ने डम्बरबहादुर कार्कीको घरमा बाख्राको खोरमा लुकाइ राखेको अवस्थामा खानतलासी गर्दा उक्त छाला र हड्डी बरामद गरेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

उक्त घटनामा संलग्न कार्कीसहित डोटी घण्टेश्वर–१ बस्ने प्रेम बहादुर डाँगीलाई भरुवा बन्दुकसहित प्रहरीले आजै इलाका वन कार्यालय जोगबुडालाई हतियार र चितुवाका छाला र हड्डीसहित बुझाइएको प्रहरी नायब उपरीक्षक कर्माचार्यले बताए
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment