जिल्ला प्रहरी कार्यालय गुल्मीका नायव उपरिक्षक (डिएसपी) रविन्द्र रेग्मीका अनुसार हाडहाडे गाविसकी २५ वर्षीया शान्ता पुनले उक्त अपराध गरेकी हुन् ।
घटना यही माघ ६ गतको हो । पुनले छोराको हत्याबारे शुक्रबार साविती बयान दिएको डिएसपी रेग्मीले अन्नपूर्ण अनलाइनलाई बताए ।
डिएसपी रेग्मीका अनुसार ५ वर्षीय विक्रम पुन र ७ वर्षीय विवेक पुनको हत्या भएको हो ।
मृतकका बाबु नरेन्द्र पुन दश महिनाअघि रोजगारीको सिलसिलामा साउदी अरब गएका थिए ।
अभियुक्त शान्ताले छिमेकी पसलहरुमा नास्ता खाएर ऋणको बोझ बोकाइदिएकाले दिक्क भएर दाजुभाइकै हत्या गरेको बयान दिएकी छन् । तीन महिना अघिदेखि नै उनीहरुको हत्या गर्ने सोंच बनाएको कुरासमेत उनले खुलाएकी छन् ।
विक्रम र बिवेक शान्ताका सौतातर्फका छोरा हुन् । उनीहरुकी आमा सावित्राले करिव ६ लाख रुपैयाँको ऋणको बोझ बोकाएर तीन वर्षअघि पोइल गएपछि नरेन्द्रले २ वर्षअघि शान्तासँग मागी विहे गरेका थिए । शान्ताले जन्माएकी १४ महिनाकी एक छोरी छन् ।
हत्या भएको दिन बिवेकले चाउचाउ खाएको सुनाएपछि झापड हानेर भित्तामा टाउको ठोकाई र बासीभातमा मुसाको विष मुछेर खान दिएको शान्ताको बयानमा उल्लेख छ ।
राति ९ बजे विवेकको मृत्यु भएपछि विहान चार बजे घाँटी बटारी मुख थुनेर विक्रमको हत्या गरेको बयानसमेत उनले दिएकी छन् । - See more at
0 comments:
Post a Comment