


काठमाडौँ, ९ माघ ।
प्रधानमन्त्री केपी ओली र अमेरिकी उपराज्यमन्त्री एन्टोनी जे ब्लिंकेनबिच टेलिफोन वार्ता भएको छ । वार्तामा नेपालमा जारी राजनीतिक संटक बारे निकै चासो व्यक्त गरेका छन् ।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उपराज्यमन्त्री ब्लिंकेनले प्रधानमन्त्री ओलीलाई सबै नेपालीको भावनालाई प्रतिनिधित्व गर्ने गरी समस्या समाधान गर्ने दिशा तर्फ ठोस कदम चाल्न अनुरोध गरेको उल्लेख छ ।
उनले सबै पक्ष मिलेर सम्झौताको माध्यमबाट राजनीतिक समस्या सुल्झाउन र एकपक्षीय कदम नचाल्न समेत सुझाव दिएको उल्लेख छ । उपराज्यमन्त्री ब्लिंकेनले जारी आन्दोलनलाई नियन्त्रण गर्ने नाममा अत्याधिक बल प्रयोग नगर्न समेत आग्रह गरेका छन् ।
अमेरिका नेपालसँग सहकार्य गरी भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न तयार रहेको जानकारी गराएका छन् । बिहीबार मोरङमा मुठमेड हुनु र शनिबार फोनमा वार्ता हुनुलाई अमेरिकाले नेपालप्रति हेर्ने दृष्टिकोणका विषयमा निकै चासो दिइएको छ ।- See more



0 comments:
Post a Comment