A-shares, including the prime minister whom prison?

Advertisement

सुदिप पौडेल  काठमाडौं, ९ पुष । मुलुक अहिले निकै सकसपूर्ण अवस्थामा गुज्रिएको छ । अभिभावक विहीनको अवस्थामा छ मुलुक । भनिन्छ अभाव छ तर सबै चिज पाइन्छ । सर्वसाधरण व्यक्तिको पहुँचमा केही छैन । राष्ट्रको अभिभावक राष्ट्रपति विद्यादेवी भण्डारी हुन् । तर, उनी आलाङ्कारिक हुँदा केही गर्न सक्दिनन् दवाव दिन बाहेक । सरकार र जनताको अभिभावक अधिकार सम्पन्न कार्यकारी रहेका प्रधानमन्त्री केपी शर्मा ओली हुन् । उनी सहित मन्त्रीहरु हुन् । र यिनीहरु मातहतका सरकारी निकायका उच्च अधिकारीहरु हुन् ।
यी सबै देखाउन मिल्ने अभिभावक हुन् । जनताका समस्या समाधान गर्ने अभिभावक गणतान्त्रिक सरकारमा पनि नागरिकले पाउन सकेनन् । घरको चुलो देखि कार्यालयको टेबुल सम्म अहिले सबै प्रकारका बस्तुको अभाव छ । अभावको अन्त्य गर्ने पहल के कति को कसले गरे त्यो जनताले देख्न पाएका छैनन् । अभाव रहेको भनिन्छ । सडकमा कुद्ने सवारी साधानको जाम देखि खाद्य स्टोरमा बरामद भएका बस्तु देख्दा यहाँ अभावको मापन साधारण नागरिकले पनि सहजै गरेका छन् ।
सरकारी अधिकारी भन्छन्, ‘वीरगञ्ज नाकाबाहेक अन्य नाकाबाट सहज आपूर्ति भइरहेको छ ।’ तर त्यो कहाँ गयो ? जनताले सहजै सीधा रुपमा केही पाएकै छैनन् । कि काठमाडौंको गल्ली गल्लीमा विक्री भइरहेको चलन चल्तीको भाषामा भन्दा कालोबजारीमा पुगेको छ ? जवाफ कसैले दिने छैनन् । देखिएको छ । दुई दिन अघि थानकोट डिपोका लागि भनेर ल्याइँदै गरेको सात ट्यांकर इन्धन धादिङको धार्केमै एक सय ५० रुपैयाँ प्रति लिटरमा विक्री गर्दैगर्दा प्रहरीले फेला पारेको थियो । ट्यांकर, ट्यांकर चलाक र एक होटेलका मालिक सहित १५ जनालाई प्रहरीले नियन्त्रणमा लियो । प्रश्न यहीँ उठ्छ । के चालकको मात्रै यत्रो हिम्मत आयो होला ? वा यसमा सरकारी कर्मचारीको संलग्नता छैन र ? यो प्रतिनिधि उदाहरण मात्रै हो ।
दुई वर्ष यताकै चिसो राजधानी सहित मुलुकभर बढेको छ । विजुली छैन, ग्याँस, मट्टितेल, डिजेल छैन र औषधि पनि छैन । शून्यमा झरेको मौसमा बस र माइक्रोबसको छतमा र झुण्डिएर यात्रा गर्दाको पीडा प्रधानमन्त्री ओली देखि सरकारी उच्च अधिकारीले बुझ्दैनन् । किन कि उनीहरु वातानुकुलित गाडीमा यात्रा गर्छन । गर्नु पनि पर्छ पदीय हैसियत अनुसार जनताको अवस्था बुझ्दै र समास्या समाधान गर्दै । तीन महिना भन्दा बढी समय देखिको नाकाबन्दीमा सार्वजनिक सवारी साधानमा गर्भवती तथा सुत्केरी महिला, अपाङ्ग, वृद्धवृद्धा, बालबालिका सहित असक्त व्यक्तिले गर्नुपरेको कष्टपूर्ण यात्राबारे प्रधानमन्त्री सहित जिम्मेवार मन्त्री तथा सरकारी उच्च अधिकारी अनविज्ञ छन् ?- नाकाबन्दीले अभाव भएको सडक देखि चिया चौतारी सम्ममा सुनिने कुरा हो यो । नाका अवरुद्ध हुँदा आयात छैन यो पनि सुनिन्छ । तर कालोबजारीमा सबै पाइन्छ । कालोबजारीमा ग्याँस, डिजेल, पेट्रोल लगायतका इन्धन सहित खाद्यान्न विक्री भइरहेको छ खुलेआम । सडकमा कुद्ने सवारी साधान देखि होटेलमा पाक्ने खाना सम्म कालोबजारीमा उपलब्ध भएका बस्तुबाट चलेका छन् । कालोबजारीका लागि कहाँबाट आयो ? ट्यांकर र बुलेटमा ल्याउँदा अभाव हुने काठमाडौंमा बसका छत र डिकीमा हालेर ल्याइएको इन्धन तथा जर्किन र मोटर साइकलमा सीमानाकाको चोर बाटोबाट भित्रिएको इन्धनले कालोबजारी धानेको कसरी पत्याउने ? अवरुद्ध वीरगञ्ज बाहेकका नाकाबाट भित्रिएका इन्धन कालोबजारी पुगेको छैन भनेर कसरी विश्वास गर्ने ? इन्धनको अभाव देखाउँदै दाउराको लागि तराईको जंगल सकिँदैछ । यसले पार्ने वातावरणीय असरबारे कोही सचेत भएको देखिँदैन ।
मधेशी मोर्चाको आन्दोलन र भारतीय नाकाबन्दीले अभाव भएको बताउने सरकार सधैं निष्कर्ष विहीन वार्ता गर्छ । मोर्चाका नेता अझै यसलाई जारी राख्छन् । जनताको स्वास प्रहरीको गोलीमा उडेको छ । मोर्चाको आन्दोलनका कारण मुलुकभरका जनता छट्पटाएका छन् । मोर्चाका नेता दिल्ली देखि काठमाडौंको वार्तामा व्यस्त छन् । सरकारका मन्त्री र कर्मचारी नाकाबन्दीलाई देखाउँदै विदेश भ्रमणमा व्यस्त छन् । प्रधानमन्त्री भारतसँग नझुक्ने भाषण बाहेक जनजीवन सहज बनाउने र मुलुकको दीर्घकालिन रुपमा अर्थतन्त्रमा असर पार्ने कालोबजारी रोक्ने पट्टि गएको छैन । अस्पातलको शैय्यादेखि भान्सासम्ममा छटपटाएका नागरिकको समस्या बुझ्न छाडेर देश विदेश घुम्ने मन्त्री देखि सरकारी कर्मचारी र यिनीहरुलाई नियन्त्रण गर्ने कार्यकारी पद प्रधानमन्त्रीमा रहेका केपी शर्मा ओली सहित मुलुकभरको जनजीवन राजनीतिक दाउपेचका लागि बन्धकी राख्ने मोर्चाका नेतालाई कालोबजारीलाई प्रोत्साहन गरेको भन्दै भ्रष्टाचारको आरोपमा जेल हाल्न मिल्छ ? जवाफ खोजेको छु सम्बन्धित पक्षबाट ।- See more at:
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment