प्रधामन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार, को को बने त नयाँ मन्त्री ?

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । गएको असोज २४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका ओलीले साना दलहरुलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
राप्रपाबाट दीपक बोहोरा, नेपाल परिवार दलबाट एकनाथ ढकाल, जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा र समाजवादी जनता पार्टीका प्रेम बहादुर सिंह मन्त्री बनेका छन् ।
बोहोराले श्रम तथा रोजगार, थापाले विज्ञान तथा प्रविधि र सिंहले सरसफाइ तथा खोनपनी मन्त्रालयको जिम्मेवार पाएका छन् । ढकालको भने मन्त्रालय टुंगो लाग्न बाँकी छ । यो सँगै अब मन्त्रिपरिषद्को सदस्य संख्या ३४ पुगेको छ । जसमा एक प्रधानमन्त्री, ६ उपप्रधानमन्त्री, २१ मन्त्री, चार राज्यमन्त्री र दुई सहायक मन्त्री रहेका छन् । नयाँ मन्त्रीहरुको बिहीबारै सपथ ग्रहण गराउने कार्यक्रम छ ।
यसअघि गएको कात्तिक १, १९ र २३ गते प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
यसैबीच बिहीबार मन्त्रिपरिषद्को दोश्रो पटक बसेको बैठकले दलहरुलाई भागवण्डा मिलाउन तीन मन्त्रालय फुटाएर नयाँ दुई मन्त्रालय थपेको छ । यससँगै मन्त्रालयको संख्या पनि २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्याबाट जनसंख्या झिकिएको छ भने विज्ञान प्रविधि तथा वातावरणबाट वातावरण झिकेर जनसंख्या तथा वातावरण मन्त्रालय बनाइएको छ । सहरी विकास मन्त्रालयलाई फुटाएर सरसफाइ तथा खोनपनी
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment