​चितवनबाट ३४ हजार ग्यास सिलिण्डर राजधानी पठाईयो

Advertisement

पवन यादव, भरतपुर ।
जिल्ला प्रशासन कार्यालय चितवनले आपुर्ती असहज भएपछि ३४ हजार ३ सय ८१ थान सिलिण्डर ग्यास काठमाडौं पठाएको जनाएको छ ।
भरतपुरमा आज पत्रकार सम्मेलन गरी कार्यालयले जिल्लामा भित्रिएको पेट्रोल, डिजल र ग्यांसको तथ्यांक सार्वजनिक गरेको हो । चितवन र धादिङका प्रमुख जिल्ला अधिकारीले मनोमानी रुपमा कालोबजारी गर्न ग्यांस काठमाडौं नपठाएको खबर संचार माध्यममा आएपछि चितवन प्रसासनले असहज परिस्थितिपछि जिल्ला भित्रमात्र १० लाख २२ हजार लिटर डिजल तथा ३ लाख ९२ हजार लिटर पेट्रोल वितरण गरेको जनाएको छ ।
ग्यास भने चितवनमा ५४ हजार २ सय ८३ थान खपत भएपनि काठमाडौंका लागि ३४ हजार ३ सय ८१ थन सिलिण्डर, ४ हजार थान कास्की, करिब १० हजार थान नवलपरासी पठाईएको प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले जानकारी दिनुभयो । जिल्ला भित्र भने वडा कार्यालयबाट उपभोक्ता कार्ड नै जारी गरी वितरण प्रणाली सहज बनाईएको सिंहको भनाईछ ।
सञ्चारकर्मीसँग ग्यांस डिपोका प्रतिनिधिले जिल्ला प्रसासन र प्रहरीबाट वितरणका लागि कुनै दबाब नआएको बताएका थिए ।
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment