Advertisement 
प्रधानमन्त्री केपी शर्मा ओलीले विनाविभागीय मन्त्रीको सपथ खाएका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई शान्ति मन्त्रालयको जिम्मेवारी दिएका छन् । बिहीवारमात्रै मन्त्रीमा नियुक्त भएका ढकाललाई मन्त्री भएको एकदिन पछि शान्ति मन्त्रालयको जिम्मेवारी दिइएको हो । यसैगरी एमालेका तर्फवाट मन्त्री बनेकी शान्ता मानवीलाई पशु विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि मानवीलाई विनाविभागीय मन्त्रीको जिम्मा तोकिएको थियो । श्रम तथा रोजगार मन्त्री बनेका राप्रपाका नेता दिपक बोहरालाई वाणिज्य मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।
 Advertisement 
                            This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
                          
 
 
 
0 comments:
Post a Comment